सप्तीरंगी मुल समिती दंगीशरण ५ को तिज मिलन, अट्वारी र चौथो साधारण सभा आज सम्पन्न भएको छ । मुल समितीका अध्यक्ष गिता रेग्मीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्काको प्रमुख आतीथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पिमा कुमारी खड्काले महिलाहरु सौभाग्यको प्रतीक भएको बताउँनुभयो । तीज महिलाहरुको स्वतन्त्रताको दिनको रुपमा रहने भएकाले हरेक महिलाहरुको सुख,दुख भुलाउँने माईतीको प्रेम दर्शाउने, गित ार्फत भावना ब्यक्त गर्ने र आत्मसन्तुष्टिको दिनका रुपमा लिने भएकाले खुसी र सभ्य तरीकाले मनाउँनुपर्ने बताउँनुभयो । उहाँले महिलाहरु चाडपर्व खाने र लाउँने मात्र नभएर महिला क्षमताबृद्धि, शसक्तिकरण र आर्थीक रुपमा शसक्त हुनुपर्ने कुरामा जोड दिनुभयो ।
सो अवसरमा विशीष्ट अतीथी समृद्ध समाज दंगीशरणका अध्यक्ष दिल कुमारी वि.क.ले सामाजीक समावेशिता संगै आर्थीक रुपमा सम्पन्न हुनका लागि समृद्ध समाजले काम गरिरहेको जानकारी दिदै महिलाहरु हरेक कार्यलाई ब्यवसाय संग जोड्नुपर्ने बताउँनुभयो । उहाँले सकारात्मक शन्देस दिनका लागि समृद्ध समाजले वडा वडामा साधारण तरीकाले तीज कार्यक्रमको आयोजना गरेको बताउँनुभयो ।

कार्यक्रममा वडा सदस्य भुम प्रशाद देवकोटा, ममता चौधरी, नेपाल पत्रकार महासंघ दाङका सह सचीव दिप्तीशिखा चौधरी, डिजीटल महिला च्याम्पीयनकि जानकी वली, सप्तरंगी समुहकि देवा गिरी, जनज्योती समुहका भागिराम चौधरी लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।सो अवसरमा समीतीका सदस्य सम्झना चौधरीले बार्षिक प्रतीवेदन प्रश्तुत गर्नुभएको थियो । प्रतीवेदन अनुशार समुहमा २ सय ६९ सदस्य छन् भने ११ सय ६४ जनशख्ंया लाभान्वित छन् । मुल समीतीमा अहिले ७ समुह बाट बढेर १२ वटा समुह छन् । मुल समितिले आयआर्जन संग जाेडिएका र सामाजिक गतिविधि सामुहिक रुपमा गर्दै आएकाे छ ।
सदस्य लिला देवकोटाको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण झरना चौधरीले गर्नुभएको थियो । कार्यक्रममा विभीन्न संघ सस्ंथाका प्रमुख, प्रतीनिधि समुहका सदस्य लगाएतको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति : २०८१ भाद्र १३ गते बिहिवार