जेन–जी आन्दोलनका आगजनी र तोडफोडबारे छानबिन हुने : प्रधानमन्त्री कार्की



प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडका घटनालाई देशविरोधी आपराधिक गतिविधि भन्दै छानबिन गरी दोषीलाई कारबाहीमा ल्याउने बताउनु भएको  छ।

सिंहदरबारमा पदभार ग्रहणपछि उनले आन्दोलन प्लान वे वा षड्यन्त्रअन्तर्गत भएको आशंका व्यक्त गर्दै मुलुकलाई सही दिशामा अघि बढाउन सबै पक्षको सहकार्य आवश्यक भएको उल्लेख गर्नुभयाे ।

सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतदेखि व्यापारिक कम्प्लेक्स र निजी सम्पत्तिमाथि भएको तोडफोडबारे सरकार गम्भीर भएर सत्यतथ्य बाहिर ल्याउने उहाले स्पष्ट पार्नुभयाे ।

साथै, मुलुकको आर्थिक अवस्था सुधार गर्न सबैले सकारात्मक सोचसहित अघि बढ्नुपर्नेमा पनि उहाले जोड दिनुभयाे ।

प्रकाशित मिति : २०८२ भाद्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्