तुलसीपुर उपमहानगरमा माटो परीक्षण गर्न सुरु



तुलसीपुर उपमहानगरपालिकाले कृषकका खेतबारीको माटो परीक्षण गर्न थालेको छ । उमहामनगरको कृषि शाखाले वडा नम्वर २ बाट माटो परीक्षण गर्न सुरु गरेको हो ।

माटो परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपमहानगर प्रमुख टिकाराम खड्काले कृषिलाई आधुनिकिरण गर्न माटो परीक्षणको सुरुवात गरिएको बताउनुभयो । परम्परागत कृषिले कृषकको जीवनयापन नहुने भन्दै प्रमुख खड्काले उब्जनी बढाउनकालागि माटो परीक्षण आवश्यक भएको बताउनुभयो । माटोको अवस्था पहिचान गरी सोही बमोजिमका किटनाश औषधि प्रयोग गर्न मेयर खड्काले कृषककालाई आग्रह गर्नुभयो । क्रमश सबै वडाका किसानका खेतबारीको माटो परीक्षण गरिने उहाँले बताउनुभयो ।

वडा अध्यक्ष भिमबहादुर योगीका अनुसार आज २ सय जना कृषकले माटो परीक्षणकालागि माटोको स्याम्बल वडा कार्यालयमा बुझाएका छन् । संकलन गरिएको माटोको स्याम्बल माटो तथा मल परीक्षण प्रयोगशाला बाँकेमा पठाइने छ । परीक्षणको रिपोर्ट आउन एक हप्ता लाग्ने वडा सचिव पुष्पा घर्तीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ बैशाख २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्