दाङ उद्योग वाणिज्य सघंका नवनिर्वाचित पदाधिकारीलाई सम्मान



No description available.

बिजौरी उद्योग वाणिज्य सघंले दाङ उद्योग वाणिज्य सघंका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ । सघंले शनिवार दंगीशरण गाउँपालिका वडा नं. ३ चखौरामा एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो ।

बिजौरी उद्योग वाणिज्य सघंका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षता तथा उद्योग वाणिज्य सघंका अध्यक्ष बसन्त जोशीको प्रमुख आतीथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममाअध्यक्ष जोशीले निजी क्षेत्रको प्रर्वद्धन र जिल्लाको विकासका निम्ती स्थानीय निकायसगं समन्वय र सहकार्य गरेर अगाडी बढने बताउँनुभयो  । त्यस्तै उहाँले  आफ्नो कार्यकालमा आम उद्योगी व्यवसायीहरुको हक हितका लागि कटिबद्ध भएर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

No description available.
बिजौरी उद्योग वाणिज्य सघंका बरिष्ठ वाणिज्य उपाध्यक्ष डिल्ली बहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सघंका महासचिव दीपक कुमार बस्नेतले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस्