
निशानदाजु भट्टराई
दाङको घोराही ७ सौडियार स्थित माबी सौडियार बिद्यालयले बिद्यालयमा पढाउने शिक्षक, कर्मचारीले आफ्ना बाल बच्चा भर्ना गर्नेलाई स्वागतसहित सम्मान गरेको छ । बिद्यालयमा पढाउने शिक्षक, कर्मचारीले अनेत्र नजिकका निजि बिद्यालयमा बच्चा भर्ना गर्दा बिद्यालयको शैक्षिक अबस्था नै कमजोर रहेको शन्देश जाने भएकाले यसलाई चिर्नका निमित्त यो अभियान थालीएको शिक्षक अभिभाबक संघका अध्यक्ष लोकबहादुर कवरले बताउनुभयाे ।
उहाले अभियानलाई कडाइका साथ कार्यान्वयनमा लैजान बिद्यालयका निमित्त प्रअसहित सबै शिक्षक र कर्मचारीलाई आग्रह गर्नुभयाे । उहाले बि.ब्य.समिति र शिक्षक अभिभाबक संघको निर्णय कार्यान्वयन नगरेमा शिक्षकहरुको अभिलेखिकरण गर्ने, नियम बमोजिम हाजिरी नबनाउने, प्रष्टिकरण लिने र सम्बन्धित निकायमा जानकारी दिने नीति तय गरिएको अध्यक्ष कवरले बताउनुभयाे ।
बिद्यालयले शुक्रबार अभिभाबक भेला मार्फत आफ्ना बच्चा भर्ना गराउन ल्याउने शिक्षकलाई स्वागत गर्दै सम्मान गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षता तथा घोराही उप महानगर शिक्षा महाशाखाका अधिकृत घनश्याम वलिको प्रमुख आतिथ्यता भएको भेलामा अबिर लगाएर शिक्षक र भर्ना हुने बाल बच्चालाई सम्मान गरिएको छ ।
बिधालयमा अग्रेजि मिडियममा पढाउने शिक्षिका बिनिता चौधरीले आफ्नो बच्चा बिद्यालयमा भर्ना गर्नु भएको छ भने बिद्यालयकि नेपाली मिडियममा पढाउने शिक्षिका सबिता खड्काले पनि आफ्नो बच्चा बिद्यालयमा भर्ना गर्नुभएकाे छ ।आफ्ना बच्चा आफैले रेखदेख गरी पढाउन सजिलो पनि हुने भएकाले आफुले बच्चा भर्ना गरेको शिक्षिका बिनिता चौधरीले बताउनुभयाे ।
बिब्यस अध्यक्ष भट्टराई , शिक्षक अभिभाबक संघका अध्यक्ष कवर, शाखा अधिकृत वलिले फुल माला, अबिर,लगाएर शिक्षक विद्यार्थीलाई सम्मान गर्नु भएको हाे। आफ्ना बच्चा आफैले पढाउँदा ठीक हुन्छ भनेर विद्यालय प्रशासनले शिक्षकहरुलाई अनुरोध गरेको थियो’– निमित्त प्रअ वलिले भन्नुभयाे:` ‘स्वतस्फूर्तरुपमा धेरै शिक्षकले बच्चा ल्याउनुभयो, अझै अन्य सरहरुलाई पनि तुरुन्त भर्ना गर्न ल्याउन भनेका छौ ।’ उहाका अनुसार विद्यालयमा अंग्रेजी र नेपाली दुबै माध्यमबाट पढाइ हुन्छ । दक्ष, अनुभवी तालिमप्राप्त शिक्षकले पढाउदै आएका छन ।

