नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीले प्रेस स्वतन्त्रताको संरक्षण र सम्र्वधन गर्ने दायित्व मिडियाको भएको बताउँनुभएको छ । यसका लागि पत्रकारहरु आचार संहिता र त्यसभित्र रहेर आफ्नो दायित्व पुरा गर्नु पर्ने बताउनु भयो । । ३० औं प्रसे स्वतन्त्रता दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले प्रेस स्वतन्त्रता र व्यावसायिक नैतिकता बिषयमा विषयमा आज तुलसीपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यकम कार्यक्रमका प्रमुख अतीथी समेत रहेका सुवेदिले यस्तो बताउँनु भएको हो ।
उहाँले पत्रकार कहासंघले पत्रकारहरुलाई आचार संहिता भित्र रहेर पत्रकारिता गर्नको लागि धेरै तासिलमहरु पनि सञ्चालन गर्दै आएको भन्दै फ्री मिडिया नेटवर्क मार्फत सबै संरचनालाई समेट्ने गरि अवधारणा बनाई कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । प्रेस स्वतन्त्रता प्रेस सम्बन्धि मात्रै जोडिएको बिषय नभएर स्वतन्त्रता संगै प्रेस सँग सवाल राखेर नागरिकहरुको बिचार राख्ने अधिकार संग जोडिएको विषय भएको हुदा पत्रकारहरु निष्पक्ष तरीकाले कलम चलाउँनुपर्ने आवश्यक्ता रहेको बताउँनुभयो । पत्रकारहरुको हकहितका लागि महासंघको मिडिया साक्षरता कार्यक्रम संचालन गर्ने योजना रहेको बताउँनुभयो । नागरीकहरुलाई सुचना संग नजिक बाट जोड्नका लागि मानव अधिकार र प्रेस एक अर्काका परिपुरक भएर सहकार्य गर्नुपर्ने बताउँनुभयो ।
कार्यक्रममा बरीष्ठ पत्रकार टिकाराम रेग्मीले पत्रकारहरु नैतिकवान र चरित्रवान भएर काम गर्नु पर्ने बताउनुभयो । पत्रकारहरु संख्यात्मक रुपले धेरै भएपनि गुणात्मक रुपले कती विकास गर्न सक्यो भन्ने कुरामा महासंघ गम्भीर हुनुपर्ने बताउँदै पत्रकारहरुको हकहितका निम्ती जती कुरा गरेपनि पत्रकारहरुको दयनीयताका विषयमा पनि महासंघले ध्यान दिन जरुरी रहेको बताउँनुभयो ।
यस्तै मानव अधिकार तथा शान्ति समाजका निर्वमान केन्द्रीय वरिष्ठ उपसभापति शुशिल बस्नेतले पत्रकारहरु आर्थीक, भौतीक हिसावले कमजोर रहेको भन्दै दक्षता विकासका लागि महासंघले पहल गर्नुपर्ने बताउँनुभयो । उहाँले पत्रकारहरु नकारात्मक तरीकाले काम गर्दै आएकाले महासंघ यस विषयमा छानवीन गरि शसक्तिकरणका रुपमा नियमन र सुद्धिकरणमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा प्रेस युनीयनका कार्यवाहक अध्यक्ष नारायण खड्काले पत्रकारहरु पार्टि संगठन भन्दा पनि स्वतन्त्र तरीकाले काम गरेमा मात्र नागरीकहरुको विशवासको पात्र बन्न सकिने धारणा राख्नुभयो । नागरीकसंग जोडिएको प्रेस पछिल्लो समय विश्वासिलो सुचना नदिदा खेरी नागरीकहरुको पत्रकारहरु माथी हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताउँनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष शरद रेग्मी, शान्ति समाज दाङका निवर्तमान सभापति तुल्सीराम सुनार, राप्ती बहिरा संघका निर्देशक प्रतिमा शर्मा लगाएतले आ आफनो धारणा राखेका थिए । शान्ति समाजका सभापति नविन पोख्रेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा केन्द्रीय सचिव निर्मल नेपालीले प्रेस स्वतन्त्रता र व्यवसायीक नैतिकताको मुद्धा विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
शान्ति समाजका सदस्य उमा भण्डारीको स्वागत मनतव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव अम्रितकाजी शर्माले गर्नुभएको थियो ।