पुर्व मुख्यमन्त्री डिल्ली बहादुर चाैधरी लुम्बिनी प्रदेशमा चलचित्र क्षेत्रकाे विकासका लागि आफुले सहयाेग गर्ने बताउनुभएको छ । हरेक क्षेत्रकाे विकासका निमित्त आफु तत्पर रहने भन्दै उहाले विकासको काममा सधैं अगाडि रहने प्रतिवद्दता ब्यक्त गर्भनुयो ।
चलचित्र काे आफनै महत्व छ । कुनै पनि जातिकाे उत्थान, संस्कृतिका बिषयमा चलचित्र निर्माण गर्नुपर्ने भन्दै विभिन्न जातजातिको सस्कृतिलाइ चलचित्र मार्फत उतार्नुपर्ने बताउनुभयाे ।उहाँले थारु समुदायकाे चलचित्र निर्माण गरेमा आफनाे तर्फबाट भरपुर सहयाेग गर्न तयार रहेकाे समेत बताउनुभयाे । उहाँले दाङलाई कलाकार उत्पादन गर्ने क्षेत्रका रुपमा विकास नगर्दासम्म चलचित्र क्षेत्रको विकास नहुने समेत बताउनुभयो । स्थानिय मेला महाेत्सवमा पनि धेरै भन्दा धेरै स्थानिय कलाकारले स्थान पाउनुपर्ने कुरामा जाेड दिनुभयाे ।
एक फरक प्रसंगमा उहाँले भन्नुभयाे – ” बाह्य पर्यटक भित्राउन दाङकाे चखाैरालाइ केन्द्र विन्दु बनाएकाे हाे तर यहाँ नहुने अफवाह फैलाइएकाे छ । बिबिध विषयलाई लिएर प्रचार प्रसार गरिदैछ । थारु समुदायको उत्थानका निमिक्त काम गरिरहेकाे छु ।”
कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पाेख्रेेलले रंग क्षेत्र राष्ट्रिय गाैरवकाे क्षेत्र भएकोले याे क्षेत्रमा कलम चलाउन चासाे देखाउनुपर्ने बताउनुभयो । चलचित्रले समाजका यथार्थ घटनाहरू पर्दामा उतारेर दर्शकसम्म पुर्याउने काम गर्ने भएकाले यसले हरेक क्षेत्रकाे सम्बर्दन र प्रबन्द्दन गर्न महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
चलचित्र पत्रकार संघका केन्द्रिय सदस्य ध्रुव राज न्यौपाने, चलचित्र पत्रकार संघ लुम्बिनी प्रदेशका संयोजक शिव पुन, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य लिला शाह, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले चलचित्र पत्रकारितालाई चलायमान बनाउनुपर्ने बताएका थिए । पछिल्लो समय चलचित्र क्षेत्र हराउदै गएकाे प्रती चिन्ता ब्यक्त गर्दै समाजकाे अभिन्न अंगका रुपमा रहेको चलचित्रलाई कलम मार्फत उजागर गर्न जरुरी रहेको बताएका थिए ।
साे अवसरमा रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्य, प्रेस युनियन दाङका अध्यक्ष नारायण खडका, प्रेस चौतारी दाङका अध्यक्ष सुधासुमन ढकाल, प्रेस सेन्टर दाङका सचिव दीपक बोहरा, जनपत्रकार संगठनका अध्यक्ष हेमरजा वली, रासस दाङका प्रमुख नारायणी आचार्य, फोनिज दाङका अध्यक्ष दिप्तीशीखा चौधरी तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य बिमल गौतम, पत्रकार चेतन रेग्मी लगायतले आ–आफ्ना धाराना राखेका थिए ।
संस्थाकाे वार्षिक साधारणसभामा विभिन्न पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियोे । कला, साहित्य, एवं पत्रकारिता क्षेत्रमा क्रियाशिल रही मोफसलको चलचित्र पत्रकारितालाई संरक्षण, सम्वद्र्धन र विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पत्रकार बालाराम खडका, गोपाल शर्मा भट्टराई, लिला शाह, अमरक्षितीज भण्डारी, ओपेन्द्र बस्नेतलाई सम्मान गरिएको हो ।
यस्तै पत्रकारहरु धुव्रराज न्यौपाने, देवेन्द्र बस्नेत, एकराज भण्डारी, जयन्ती चौधरी, पूर्ण केसी र झग्गु भण्डारीलाई पुरस्कृत गरिएको थियो ।
दाङ शाखा अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे ।
दाङ शाखा उपाध्यक्ष पूर्ण केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव निरला अर्याल गैरेले गर्नुभएको थियो ।