तलसीपुरमा विद्यार्थी बाटै असल नेतृत्व , व्यक्तित्व विकासका साथै क्षेमता अभिबृद्वि र प्रजातान्त्रीक प्रणालीबारे जानकारी दिन सगरमाथा बालबाटिका बाेर्डङ स्कुलमा मतदान बाट सगरमाथा चाइल्ड क्लब र सगरमाथा क्वालिटी सर्कल विजयी भएका छन ।
तुलसीपुर ९ बेलुवामा रहेकाे सगरमाथा बालबाटिका बाेर्डिङ स्कुलले निर्वाचनको अायाेजना गरि असल नेतृत्व , व्यक्तित्व विकासका साथै क्षेमता अभिबृद्वि र प्रजातान्त्रीक प्रणालीबारे जानकारी दिन सगरमाथा बालबाटिका बाेर्डङ स्कुलमा मतदान गराउदा सगरमाथा चाइल्ड क्लब र सगरमाथा क्वालिटी सर्कल विजयी भएका हुन ।
मतदान कार्यक्रममा विद्यालयकाे वार्षिक क्यालेन्डर अनुसार जेष्ठ १८ शुक्रवार निर्वाचन सम्पन्न भएको हाे । विद्यालय स्तरबाटै विद्यार्थीलाई सफल नेतृत्व चयन गर्न सकेमात्र सभ्य र पारदर्शी समाजको निर्माण हुन सक्ने र व्यवहारीक ज्ञानमा जोड दिदै प्रजातान्त्रीक अभ्यासले आफूमा सफल नागरीक छनाेट गर्न सक्ने, उचित निर्णय लिनुकाे साथै पढाईमा सहयाेग पुग्ने विद्यालयका प्र.अ. छवि कुमार वली बताउनुभयाे।
शुक्रबार बिहान ७ बजेबाट सुरू भएकाे निर्वाचनमा कक्षा ४ देखि १० सम्मका विध्यार्थिहरूकाे सकृय सहभागिता रहेकाे मतदान अधिकृत शरद सर्मा मज्गैयाले जानकारी दिनुभयाे। त्यस्तै, निर्वाचन शान्तिपुर्ण रूपमा सम्पन्न भएकाे मतदान अधिकृत ठाकुर डाँगीले बताउनुभयाे ।
निर्वाचनबाट सगरमाथा चाइल्ड क्लबको अध्यक्षमा सम्राट चौधरी बिजयी भएका छन । क्लबको उपाध्यक्षमा महेश वली, सचिवमा श्रृष्टि बस्याल, कोषाध्यक्षमा अनु रसाईली, महिला सदस्यमा विन्दु खनाल, खुल्ला सदस्यमा प्रीन्सेस गुरूङ र अनिस्का डाँगी बिजयी भएका छन।
त्यस्तै सगरमाथा क्वालिटी सर्कल तर्फ (सिक्यूसी) को अध्यक्षमा अमित नेपाल निर्वाचित भएका छन। सर्कलको उपाध्यक्षमा गौरव भुषाल, सचिवमा मिसन केसी, कोषाध्यक्षमा भुवन वली, महिला सदस्यमा मनिसा वली, खुल्ला सदस्यमा अञ्जली विक र शैलेस केसी बिजयी भएका छन।