तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परेर २ सय ५२ जनाको मृत्यु



ट्रक दुर्घटनामा दुई जनाको मृत्यु – नेपाल टेलिभिजन

दैनीकजसो हुने सवारी दुर्घटनाबाट हुने क्षति अझै पनि कम गर्न सकिएको छैन् । दाङमा तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परेर २ सय ५२ जनाको मृत्यु भएको छ ।

आर्थिक वर्ष ०७७र०७७ देखि वितेको आर्थिक वर्ष २०७८र२०७९ सम्ममा ५ सय ८९ सवारी दुर्घटनामा २ सय ५२ जनाको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीका अनुसार बितेको आर्थिक वर्षमामात्रै २१२ सवारी दुर्घटनामा ७७ जनाको मृत्यु भएको छ । यस्तै आर्थिक वर्ष ०७६र०७७ मा १८४ सवारी दुर्घटनामा १०४ र आर्थिक वर्ष २०७७र२०७८ मा १९३ सवारी दुर्घटनामा ७१ जनाको मृत्यु भएको छ ।

चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन, ओभरटेक, ओभर लोड, मोबाइल फोनको प्रयोग, सवारी नियम उल्लङ्घन, सडकको अवस्थामा घुम्ती मोड, उकालोरओरालो, सडक निर्माण कार्य, खाल्डाखुल्डी, जीणर् सडक लगायतका कारणले दुर्घटना हुने गरेको छ ।

दुर्घटना न्युनिकरणका लागि सचेतनामूलक कार्यक्रम र नियमविपरित सवारी चलाउनेलाई कार्बाही गरिएपनि दुर्घटना न्युनिकरणमा चुनौति देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ साउन ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्