तुलसीपुर होटल व्यवसायी समितिले शनिबार नवौँ साधारणसभा तथा २०८१ सालको भितेपात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको छ ।
समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षता तथा होटेल व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष भास्कराज काफ्लेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश अध्यक्ष काफ्लेले होटल व्यवसायी दोहोरो करको मारमा परेको बताउनुभयो । उहाँले राज्यले व्यवसाय संचालन गर्ने वातावरण बनाउनुपर्ने बताउँदै होटल व्यवसायी पनि आर्थिक संकटको मारमा परेको बताउनुभयो । ब्यवसाय संचालन गर्न भाडा बढ्ने मात्र नभइ घट्ने पनि हुन सक्ने भन्दै प्रदेशका १२ वटै जिल्लाका ब्यवसायिहरु बिच बैठक बसि हरेक पालिकाले समयअनुशार घरभाडा ब्यवस्थापन गर्न माग गरिने निर्णय भएको बताउनुभयाे ।
तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले आर्थिक रुपान्तरणमा होटल व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा समितिका सल्लाहकार नेत्रलाल वलीले होटल व्यवसायीहरु एक नहुदा सम्म ब्यवसायि धरापमा पर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेश पर्यटन बोर्ड सदस्य जनकप्रसाद खरालले व्यवसायीले लगानी गर्ने वातावरण नभएको भन्दै राज्यले व्यवसायीलाई सुरक्षा गर्ने वातावरण बनाउनुपर्ने कुरामा जाेड दिनुभयो ।
कार्यक्रममा होटल व्यवसायी समितिका केन्द्रीय सदस्य नारायण भुसाल, तुलसीपुर-५ का सदस्य भिम बहादुर केसी, तुलसीपुर-८ का सदस्य तुलप्रसाद खराल, तुलसीपुर चेम्बर अफ कमर्शका कोषाध्यक्ष युवराज नेपाली, नेपाल उद्योग व्यापार संघका होताराम आचार्य, नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष घनश्याम डाँगी लगाएतले बाेल्नु भएको थियो ।
उपाध्यक्ष दोर्ण आचार्यको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव तुफान केसीले गर्नुभएको थियाे । त्यस अवसरमा २०८१ सालको भितेपात्रे बिमोचन गरिएको थियो । कार्यक्रममा ब्यवसायमा महत्त्वपूर्ण याेगदान गरेकाे भन्दै विभिन्न ब्यक्तिहरुलाइ सम्मान गरिएको थियाे ।