सल्यक्रियाका लागि राप्ती आँखा अस्पतालमा नया भवन बन्दै



तुलसीपुर उपमहानगरपालिका – ४ रक्षाचौरस्थित राप्ती आँखा अस्पतालले नयाँ भवन निर्माण कार्य थालनी गरेको  छ । ४ करोड २४ लाखको लागतमा भवन निर्माण गर्न थालेकाे हाे ।  भवन सल्यक्रियाका लागि निर्माण गर्न थालेकाे अस्पतालले जनाएको छ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का, भारतीय राजदुतावासका प्रथम सचिव वशिष्ठ नन्दनले मंगलवार संयुक्त रूपमा भवन सिलान्यास गर्नुभएकाे हाे।

शिलन्यास कार्यक्रममा  तुलसीपुरका नगरप्रमुख खड्काले नगरको गौरवकारूपमा रहेको अस्पताललाई प्रदेशकै नमुना योग्य आँखा अस्पतालका रूपमा विकास गरिने भन्दै नयाँ शल्यक्रिया भवन निर्माण पछि सेवा थप सहज र सलर रुपमा प्रवाह हुने आशा ब्यक्त गर्नुभयाे ।

शल्यक्रियाका लागि नयाँ भवन भारतीय दुतावास, तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको संयुक्त लगानीमा निर्माण गर्न थालिएको हो । भवन २०८३ वैशाखमा काम सम्पन्न गर्ने संझौतामा उल्लेख छ ।

वि.स. २०४५ सालमा स्थापना भएको रक्षाचौरको आँखा अस्पतालले हालसम्म  २ लाख ४४ हजारको सफल शल्यक्रिया गरिसकेको जनाएको छ । स्थापना यता ३९ लाख लाख ७७ हजार पाँच सय बढीले सेवा लिएको अस्पतालका सूचना अधिकारी बालाराम खड्काले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्