तुल्सिपुर ६ रजौरा को प्रसिद्ध बैंकटेस श्री लक्ष्मीनारायण मन्दिर मा श्री झुला महोत्सव तथा दिब्य महा आरती ज्ञान महायज्ञ संचालन हुने भएको छ । यहि साउन २५ गतेदेखि भदौ २ गतेसम्म श्री झुला महोत्सव तथा दिब्य महा आरती ज्ञान महायज्ञ संचालन हुनेभएको हाे ।
मन्दिर व्यवस्थापन समितिका महायज्ञ मुल आयोजक समितिका संयोजक श्री खगेद्र राज बश्याल को अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा महायज्ञ तथा महाआरतीको तयारीको बारेमा जानकारी दिनु भएको थियो ।
महायज्ञ तथा महाआरतीलाई भव्यताकासाथ सफल बनाउन विभिन्न उप–समिति गठन गरिएको छ । श्री शिव महापुराण ज्ञान् महायज्ञ झुला तथा महाआरतीमा विभिन्न धार्मिक दैनिक कार्यक्रम संचालन गरिने अध्यक्ष श्री नेपाल कै पहिलो स्वामी केशवाचार्य (सुर्यपाकि ज्यु ले जानकारी दिनुुभयो ।
दैनिक बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म,पुजा आरधना , दिउसो १ देखि ४ बजेसम्म संगीतमय कथा प्रवचन , अपरान्ह ४ बजेदेखि साढे ६ बजेसम्म झुला महोत्सव साझ ६:४५ बजेदेखि माह आरती पस्चात प्रसाद वितरण भदौ ३ गते अपरान्ह ४ देखि ७:वजे सम्म झुलाका साथ कार्यक्रम समापन व्यवस्थापन समितिका सचिव श्री भोज प्रसाद भण्डारी ले जानकारी दिनुुभयो ।
महायज्ञ संचालन श्री नेपाल कै पहिलो स्वामी केशवाचार्य (सुर्यपाकि ज्यु ले महायज्ञ तथा महाआरती संचालन र सफलताका लागि तन, मन र धन सहयोग गर्न सबैमा अपिल गर्नुुभएको छ ।