रोल्पा बस दुर्घटनामा मृत्यु भएका चारै जनाको परिचय खुलेको छ । मृत्यु हुनेमा माडि गाँउपालिका ४ की हस्ता डाँगी, गोरख डाँगी, माडि गाँउपालिका २ रोल्पाका प्रकाश बाँठा र परिवर्तन गाँउपालिकाका भक्त बहादुर विक रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
१८ जना घाइते भएका मध्ये ५ जनाको अवस्था गम्भिर रहेको छ । बस रोल्पाको त्रिवेणी गाँउपालिका – ७ टिला नजिक सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दिउँसो १ बजे दुर्घटनाको खबर पाए लगत्तै घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी गएको थियो।
घाइतेहरुलाई दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भैरहेको छ । स्थानीयहरूका अनुसार तीव्र गतिमा गुडिरहेको बस चालकको नियन्त्रण बाहिर जाँदा दुर्घटनामा परेको थियो । प्रहरीले सामान्य घाइते भएका गाडी चालकलाई नियन्त्रणमा लिएको छ ।
रोल्पाको बाघमाराबाट दाङ आउदै गरेको ना ५ ख २६१२ नम्बरको यात्रुबस रोल्पाको त्रिवेणी – ७ टिला बजार नजिक दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।