दङ्गिशरणका स्वावलम्वन समुहलाई सवलिकरण तालिम दिइदै



दंगीशरण गा पा वडा नं ५ डाँडाचिसमा तीन दिने समूह सवलिकरण तालिम सम्पन्न भएको छ ।

फेमि(नेदरल्याण्ड) को आथिर्क सहयोग, सहकर्मी समाजको प्राविधिक सहयोग र समृद्ध समाजको आयोजनामा लाइभ कायर्क्रम अन्तर्गत गठित नँया ५ समुहका सदस्यहरुलाई तालिम दिइएकाे हाे ।

समूहबाटै हाम्रो टोलको विकास गर्छौ । समूह सवलीकरण तालिमकाे प्रभावकारिता, दिगाेपना, अगुवाइ कसरी गर्ने, समूहको आवश्यकता महशुस गरी गठन भएका समूहलाई दिगो रुपमा निरन्तर परिचालन कसरी गर्ने र समूहको दायित्व के हो भन्ने बिषयमा प्रशिक्षण दिइएकाे थियाे ।

तालिमकाे प्रशिक्षकमा इश्वरी कँडेल र शुसिला चाैधरी रहनु भएको थियाे ।

तालिममा ग्रामीण भेगका स्वावलम्वन समुहका सदस्यहरुलाई समुह व्यवस्थापन,बैठक संचालन,समुहको आवश्यकता र महत्व,प्रभावकारी संचार, पैरवी,वकालत,संगसंगै समुहको वार्षिक योजना निर्माण र नेतृत्व विकास क्षमता अभिवृद्धि गराउने उद्देश्य तालिमकाे आयाेजना गरिएको आयाेजकले जनाएको छ ।

दङ्गिशरणमा अहिले २१ वटा समूह गठन भएका छन् । गठन भएका समुहहरुकाे सगरमाथा ,रक्सा शिवकल्याण, माछापुच्छ्रे, डाँफे समुह गरि विभिन्न नामाकरण गरिएको छ । जसमा १,२ ,३,४ र ५ मा गठन भएका समुहलाइ समूह सवलिकरण तालिम दिइसकेकाे छ भने ६ र ७ न. वडामा भाेलि शनिबार तालिमकाे आयाेजना गरिएको प्रशिक्षक इश्वरी कँडेलले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्