
नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ दाङ क्षेत्र नम्बर २ बाट पार्टीका महासचिव शंकर पोखरेलको नाम एकल रूपमा सिफारिस गरेको छ।
आज बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेललाई उम्मेदवारका रूपमा एकल सिफारिस गर्ने निर्णय गरेको हो। क्षेत्रीय संयोजक सुदन केसीका अनुसार बैठकले सर्वसम्मत रूपमा पोखरेलको नाम केन्द्रमा सिफारिस गरेको हो।
दाङ २ महासचिव पोखरेलको गृह क्षेत्रसमेत हो। यस क्षेत्रबाट लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका पोखरेल पार्टीभित्र प्रभावशाली नेताका रूपमा चिनिन्छन्।
प्रकाशित मिति : २०८२ पुष २० गते आइतवार

