प्रेस चौतारी दाङमा राम्जाको नेतृत्वमा नँया कार्यसमिती चयन



 

May be an image of 8 people, temple and text

प्रेस चौतारी दाङको विस्तारीत भेला आज तुलसीपुरमा सम्पन्न भएको छ । प्रेस चौतारी दाङका अध्यक्ष प्रेम बहादुर राम्जाको अध्यक्षता तथा प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष सवीन प्रियासनको प्रमख आतीथ्यतामा भेला सम्पन्न भएको हो । भेलालाई सम्बोधन चौतारीका केन्द्रिय उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतीथी सवीन प्रियासनले चौतारीलाई एकताबद्ध बनाउँन चौतारीसंग आवद्ध सबैको अहम भुमिका रहनुपर्ने बताउँनुभयो । उँहाले संगठनको हित विपरीत कोहि लाग्न नहुने भन्दै चौतारीलाई अगाडि बढाउँन क्रियाशील र शसक्त भएर लाग्न निर्देशन दिनुभयो । अवको प्रेस चौतारीको भुमिका भनेको नया पत्रकार उत्पादन गरि उनीहरुको क्षमता विकास गर्ने खालका कार्यक्रम गर्नुपर्ने भन्दै कुनै पनि कुरामा दुवीधा सिर्जना गर्न नहुने कुरामा जोड दिनुभयो । पत्रकारहरुको हकहित र सुरक्षाका लागि प्रेस चौतारी दाङले आवाज उठाउँनुपर्ने उहाँको भनाई थियो ।

प्रेस चौतारी लुम्बीनी  प्रदेश अध्यक्ष शोभाकर पन्थीले राज्यको गैर जिम्मेवारीपनले श्रमजिवी पत्रकार ऐन कार्यान्वयन हुन नसेकेको बताउँनुभयो । उहाले पछिल्लो समय पत्रकारहरु श्रम शोसनमा परिरहेको भन्दै यस विषयमा प्रेस चौतारीले शसक्त रुपमा आवाज उठाउँनुपर्ने बताउँनुभयो ।

प्रेस चौतारी प्रदेश ईञ्चार्ज प्रदीप आचार्यले संगठनलाई चुस्तदुरुस्त तरिकाले अगाडि बढाउँनुपर्ने बताउँनुभयो । उँहाले प्रेस चौतारीले श्रमजिवीको पक्षमा आवाज उठाउँनुका साथै वकालत गर्न सक्नुपर्ने बताउँनुभयो ।

सो अवसरमा जिल्ला ईञ्चार्ज अमृत गिरी, नेकपा एमालेका उपाध्यक्ष राममणी पाण्डे , नेकपा एमाले जिल्ला सचिव मनोहर बुढाथोकि, प्रेस चौतारी केन्द्रिय सदस्य गणेश आचार्य, नेकपा एमालेका प्रेस चौतारी विभाग संगीत बस्याल लगाएतले आ आफनो धारणा राखेको थिए ।

उपाध्यक्ष सुधासुमन ढकालको स्वागत मनतब्य बाट शुरु भएको भेलाको शहजीकरण सचिव किरण गौतमले गर्नुभएको थियो ।

No description available.

यसैबिच, प्रेस चौतारी दाङको आज सम्पन्न विस्तारीत भेलाले निवर्तमान उपाध्यक्ष प्रेम बहादुर राम्जाको अध्यक्षतामा नँया कार्यसमिती चयन गरेको छ । जसको खुला उपाध्यक्षमा सुधासुमन ढकाल, समावेशी उपाध्यक्षमा दिप्तीशिखा चौधरी, सचिवमा किरण गौतम, कोषाध्यक्षमा गोकर्ण पौडेल, सहसचिवमा एकराज भण्डारी र चन्द्रप्रकाश नेपाली चयन भएका छन् । यस्तै सदस्यहरुमा बसन्त परियार, माधव कंडेल, सुरक्षा चौधरी, हिमाल वि.क, प्रेमकुमारी बुढा,रमा नेपाली, नीता चौधरी, अभिषेख डाँगी, उत्तम अधिकारी, अर्जुन परियार  लगाएत २७ सदस्यीय कार्यसमिती चयन गरेको छ ।

साथै भेलाले पाँच बुँदे घोषणा पत्र पनि जारी गरेको थियो ।

तुलसीपुर घोषणा पत्र

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा २०८० माघ २० गते प्रेस चौतारी दाङको तुलसीपुरमा सम्पन्न बिस्तारित भेलाले जारी गरेको घोषणापत्र ।
१) पछिल्लो समय सञ्चारमाध्यममा देखिएको आर्थिक संकट अन्त्य गरी सञ्चारमाध्यमको दिगोपनका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गर्दछौं । साथै आर्थिक संकटको नाममा श्रमजीवी पत्रकाहरुलाई सञ्चारमाध्यमबाट हटाउने कामहरु नगर्न सम्पूर्ण सञ्चार माध्यमलाई हार्दिक अनुरोध गर्दै श्रमजीवी पत्रकाहरुको पेशागत सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दछौं ।
२) सञ्चार माध्यमको विकासका साथै पत्रकारहरुको क्षमता र बृत्ति विकासको कामहरु सञ्चालन गर्न सबै तहका सरकारसँग माग गर्दछौं ।
३) पत्रकार आचारसंहिता र पत्रकारिताका मूल्य मान्यतालाई अनुशरण गरेर पत्रकारको पेशागत जिम्मेवारी निर्वाह गर्न सम्पूर्ण पत्रकारहरुलाइ अग्रह गर्दछौं ।
४) लुम्बिनी प्रदेशको राजधानी कार्यान्वयनसँग जोडिएको पूर्वाधार विकासलगायत सम्पूर्ण कामहरु यथासिघ्र सम्पन्न गरी संघीयता कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्न सरकारसँग आग्रह गर्छाैं ।
५) तुलसीपुरमा रहेको टरिगाउँ एयर्पाेटमा नियमित हवाइ उडानको व्यवस्था गरी विमानस्थलको स्तरोन्नति गर्न सरकारसँग आग्रह गर्दछौं ।

यस्तै स्थापना दिवसको अवसरमा माघ २१ गते विहान ८ बजे रक्त सञ्चार सेवा केन्द्र लमहीमा रक्तदान कार्यक्रम गर्ने भएको छ भने माघ २२ गते स्थापना दिवस शुभकामना तथा पुरस्कार वितरण कार्यक्रम गर्ने भएको छ ।

प्रकाशित मिति : २०८० माघ २० गते शनिवार
प्रतिक्रिया दिनुहोस्