दाङको तुलसीपुरमा स्वरूप परिवर्तन गरिएका ७ मोटरसाइकल नियन्त्रणमा



दाङ प्रहरी प्रशासनले स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने सवारी साधनहरूको विरुद्धमा कडाइ बढाएको छ। यही क्रममा तुलसीपुर बजार क्षेत्रबाट ७ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो।

उहाका अनुसार मंसिर १२ र १३ गते इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको चेकजाँच टोलीले बजार क्षेत्रका विभिन्न स्थानमा विशेष निगरानी गर्दै स्वरूप परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका मोटरसाइकलहरूलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय, तुलसीपुर दाङमा पठाइएको छ।
प्रहरीले हालै दिनहुँ बढ्दै गएको सवारी साधनबाट हुने ध्वनि प्रदूषण ले जनजीवनमा असर पारिरहेको भन्दै चेकजाँच झनै कडा बनाइने जनाएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस्