नेपाल रेडक्रस जिल्ला जुनियर तथा युवा रेडक्रसको ३२ औ भेला घोराहीमा सुरु भएको छ । २ दिन सम्म सञ्चालन हुने भेलामा जिल्लाका विद्यालयमा रहेका रेडक्रममा आवद्ध विद्यार्थी तथा शिक्षय नायकहरुको सहभागिता रहेको छ । भेलामा जिल्लाका करिव ७० विद्यालयका विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।
भेलामा विद्यार्थी तथा शिक्षक नायवहरुलाई रक्तदाता उत्प्रेरणा, जन स्वास्थ्य, रेडक्रसको प्रचार प्रसार, विपद् व्यवस्थापन, आत्महत्या न्युनिकरण, ट्राफिक सचेतना लागु पदार्थ दुव्यसनी रोकथाम,प्राथमिक उपचार, लैगीक समावेशिकरण र बालअधिकार र कार्य योजनाका बारेमा प्रशिक्षण दिइने भएको छ । जसले गर्दा उनीहरुलाइ काम गर्दा समेत सहजता हुने आयोजकको अपेक्षा रहेको छ ।
कार्यक्रमको उद्घाटन गदै घोराही उप महानगरपालिकाका उप प्रमुख हुमा डि सीले रेडक्रस सोसाइटी संस्था सामाजिक कार्य गर्ने भएको बताउनुभयो । रेडक्रस दुखको सारथीको रुपमा रहेको उहाले बताउँनुभयो । त्यस अवसरमा प्रेस काउन्सीलका सदस्य शरद अधिकारी, पद्धमोदय पब्लिक नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष विकास चौधरी,रेडक्रस सोसाइटी दाङका सभापती मदन गौतम,जुनियर रेडक्रस लुम्विनी प्रदेश संयोजक ज्ञानहरि रिजाल,शिक्षक संघका अध्यक्ष विश्वराज आचार्य लगाएतकाले बोल्नुभएको थियो ।
कार्यक्रममा विदार्थीहरुले विभिन्न सास्कृति प्रस्तुती समेत राखेका थिए । विभिन्न व्यक्ती विद्यालयलाइ पुस्कृत तथा सम्मान कार्यक्रममा रेडक्रसको माध्यम बाट योग्दान पु¥याएको भन्दै पुर्व शिक्षक नायवहरु अमर मा.वि. उह्ररीका शिक्षक टेकनाथ अधिकारी, मा वि सेन्टरका शिक्षक माधबकुमार ज्ञवालीलाइ नगद सहित सम्मान गरिएको थियो । संस्थागत विद्यालय तर्फ तुलसीपुरमा रहेको संस्कार पाठशाला दाङलाई उत्कृष्ट जुनियर रेडक्रस सर्कल २०८० सम्मान प्रदान गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाको आयोजनामा भएको कार्यक्रममा जुनियर रेडक्रस युवा समितीका सचिव शसीधर शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रम जुनियर युवा रेडक्रसका अध्यक्ष भिम मरासेनीको अध्यक्षतामा भएको थियो । विद्यालयका प्र. अ. लोकवहादुर वस्नेतको स्वागत मन्तव्य बाट सुरु भएको भएको कार्यक्रमको सहजिकरण शिक्षक शक्तिराम वलीले गर्नुभएको थियो ।