दाहाल नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले तयार छ ः महासचिव पोख्रेल



सत्तारूढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले तयार रहेको बताउनुभएको छ । देशलाई ओरालो यात्राबाट सुरक्षित भविष्यतर्फ डोहोर्‍याउने कुरा नै एमालेको प्राथमिकताको विषय भएकाले राम्रो काम गर्दासम्म वर्तमान सरकारलाई नै निरन्तरता दिन एमाले तयार रहेको उहाँकाे भनाइ थियाे ।

आज पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै महासचिव पोखरेलले एमाले सत्ताका लाागि लालायित नभएको जिकिर गर्दै देशलाई सही बाटोमा डोहोर्‍याउने सङ्कल्पका साथ नयाँ सत्ता समीकरण बनाएको दाबी गर्नुभयाे । देशमा लोकतन्त्र र परिवर्तनमाथि सङ्कट आइपरे एमालेले कांग्रेससँग पनि मिलेर काम गर्ने मान्यता राखेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ बैशाख ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्