नेपाल औषधि थोक व्यवसायी संघ लुम्बिनी प्रदेश समितीको गत मंसिर १ गते सम्पन्न दोस्रो अधिबेशनबाट निर्विरोध निर्वाचित अध्यक्ष तुफानबाबु श्रेष्ठ सहित निर्बाचित कमिटिका पदाधिकारी तथा सदस्यहरुको पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
संघका प्रदेश अध्यक्ष शालिकराम आचार्यको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष शिबराज बास्कोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संघका केन्द्रिय सदस्य तथा निर्वाचन कमिटि सदस्य शरदराज शर्माले नव निर्वाचित समितीका अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो ।
नवनिर्वाचित कार्यसमितीमा अध्यक्ष तुफानबाबु श्रेष्ठ, उपाध्यक्ष दिपेन्द्र न्यौपाने, महासचिव मरिचमान धिताल, सचिव बिक्रम कुवर, कोषाध्यक्ष राम प्रसाद पोख्रेल र सदस्यहरुमा मदन गौतम, करण न्यौपाने, लक्ष्य बहादुर वि.क. र छत्र कुमार क्षत्री चयन हुनु भएको थियो ।
शपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष शिबराज बास्कोटाले औषधिको सर्बसुलभ आपुर्ति तथा बिक्रि वितरणका साथै सामाजिक कार्य गरि संस्थालाई अगाडि बढाउन आग्रह गर्नु भयो । कार्यक्रममा संघका रुपन्देही शाखा अध्यक्ष कृष्ण जिसी, दाङ जिल्ला अध्यक्ष शेषकान्त ढकालले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा निवर्तमान प्रदेश अध्यक्ष शालिकराम आचार्यले नव निर्वाचित अध्यक्ष तुफानबाबु श्रेष्ठलाई संस्थाको माईन्युट बुक हस्तान्तरण गर्नु भएको थियो । संघका सचिव बिक्रम कुवरको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण महासचिब मरिचमान धितालले गर्नु भएको थियो ।