तुलसीपुरमा श्रीमान श्रीमती मृत अवस्थामा फेला



श्रीमान् श्रीमती कोठा भित्र मृत अवस्थामा फेला – रेडियो नेपाल

तुलसीपुरमा दुई जना मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर(९ बेलुवामा कोठा भाडामा बस्ने सल्यानका दुई जना युवा(युवती मृत अवस्थामा भेटिएका हुन् ।

त्रिवेणी गाउँपालिका वडा नम्बर ४ फलावाङका अन्दाजी २६ वर्षिय सुशील भण्डारी र शारदा नगरपालिका वडा नम्बर १२ अम्रै टाकुराका अन्दाजी २१ वर्षिय पबित्रा डाँगी एउटै कोठामा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरलेले जानकारी दिनुभयो ।

उहाँका अनुसार युवक झुण्डीएको अवस्थामा फेला परेका छन् भने युवतीको बेडमा फेला परेकी छन् । घटनाको प्रकृती हेर्दा आत्महत्या गरेको हुन सक्ने डिएसपी पोखरेलले बताउनुभयो । भित्रबाट चुकुल लगाएको अवस्थामा फेला परेको हुँदा पनि आत्महत्या भएको हुन सक्ने उहाँको भनाई छ ।

शनिबार बिहान अबेरसम्म नउठेपछि घर धनि राम बहादुर राम्जाले प्रहरीलाई खबर गर्नुभएको थियो । दुवै जनाले तुलसीपुरमा कोठा भाडामा बसेर दैनिक ज्याला मजदुरी गर्ने गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज २० गते शनिवार
प्रतिक्रिया दिनुहोस्