चना खाने क्रममा घाँटीमा अड्किएर एक बालककाे मृत्यु




दाङमा चना खाने क्रममा घाँटीमा अड्किएर एक बालककाे मृत्यु भएकाे छ । बुधबार ५ बजेतिर तुल्सिपुर उपमहानगर पालिका वडा नं. ९ बेलुवा बस्ने रुपा घर्तिको ३ वर्षीय छोरा राजेन्द्र घर्तिको मृत्यु भएको हो ।

स्कुल बाटघर आई आफ्नै कोठामा पकाएको चना खादै गर्दा घाँटिमा अड्किदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो।

प्रकाशित मिति : २०८१ असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस्