दाङका घनश्याम पाण्डेको केन्द्रीय सदस्यमा उम्मेदवारी



नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता घनश्याम पाण्डेले अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट लुम्बिनी प्रदेश भुगोल खुल्लातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउनुभएकाे छ। उहाले अध्यक्षका उम्मेदवार ओली र महासचिवका उम्मेदवार शंकर पोख्रेलसँगै उम्मेदवारी दर्ता गराउनु भएकाे हाे।

पाण्डे यसअघि २०७८ सालमा चितवनको सौराहामा सम्पन्न पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित हुनु भएकाे थियाे। आगामी ११औँ महाधिवेशनका लागि पनि अध्यक्ष ओली र महासचिवका उम्मेदवार पोख्रेलले उहालाई पुनः केन्द्रीय सदस्यका रूपमा अघि सारेका हुन्।

अध्यक्ष ओली नेतृत्वको प्यानलबाट उपाध्यक्ष पदमा विष्णु प्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलगायत नेताहरूको उम्मेदवारी रहेको छ भने महासचिव पदमा शंकर पोख्रेलकाे उम्मेदवारी छ ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढिरहेको छ।

 

प्रकाशित मिति : २०८२ पुष १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्