
दाङलाई आगजनी र तोडफोड हुनबाट जोगाउन विशेष भूमिका निर्वाह गरेकी नेपाल प्रहरीकी सहायक हवल्दार संगिता अधिकारीलाई एक तह विशेष बढुवा गरिएको छ ।
७०औँ प्रहरी दिवसको अवसरमा जिल्ला अदालत दाङलाई क्षति हुनबाट बचाउन योगदान पुर्याएको भन्दै उनलाई प्रहरी प्रधान कार्यालयले विशेष बढुवाको निर्णय गरेको हो।
यस्तै, आन्दोलनका क्रममा घाइते प्रहरी र नागरिकको उद्धारमा विशेष भूमिका खेलेका असई हेमबहादुर बिकलाई पनि एक तह बढुवा गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ कार्तिक १ गते शनिवार

