अर्जुनखाेलामा बेपत्ता एक युवककाे शव फेला



अर्जुनखाेलामा नुहाउने क्रममा बेपत्ता भएका एक युवककाे शव फेला परेको छ ।  तालिम प्राप्त सशस्त्र प्रहरीकाे टाेलीले शव फेला पारेको हाे ।

लमही नगरपालिका वडा नम्बर ५ लमही गल्लि निवासी आन्दाजी २२ वर्षिय चेतराज चाैधरी शनिबार दिउँसो ३:१५ बजे साथीहरू संग अर्जुनखाेला स्थित नुहाउन गएको बेला बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण हेक्वा अर्जुनखाेलाबाट खटिएको तालिम प्राप्त सशस्त्रकाे टाेलीले आइतवार विहान बेपत्ता चाैधरीकाे शव फेला पारेको सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण हेक्वा अर्जुनखाेलाका प्रमुख गुनराज न्याैपानेले जानकारी दिनुभयो । चाैधरीकाे शवलाई पाेष्टमार्टमकाे लागि लमही अस्पतालमा राखिएको छ ।

शनिबार बेपत्ता भएका चाैधरी नभेटिएपछि आइतवार विहानैबाट सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण हेक्वा अर्जुनखाेला, रणसिंहदल गण (नेपाली सेना) र नेपाल प्रहरीले संयुक्तरूपमा खाेलामा पसेर खाेजिकार्य गरेका थिए ।

चाैधरी अर्जुनखाेला पुलदेखि करिब दुईसय मिटर उत्तर तर्फ खाेलामा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।

प्रकाशित मिति : २०८२ बैशाख १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस्