जन्मदिनमा लहरे गरे झन्डै ४० हजारको फुटबल सामग्री सहयोग



लक्ष्मण बस्नेत

अखिल नेपाल टेवलटेनिस संघका केन्द्रीय सदस्य ऋषिराज लहरे अरुणले स्कुल स्पोर्ट्स फुटबल एकेडेमी( एसएसएफए) तुलसिपुर लाई फुटबल खेल साम्रगी प्रदान गर्नु भएको छ ।

आज आफ्नो जन्मदिनको अवसर पारेर अरनिको खेलमैदानमा खेलाडी संगै जन्मदिन मनाउन पुगेका लहरे ले फुटबलको क्षेत्रमा राष्ट्रिय अन्तराष्ट्रीय खेलाडि उत्पादन गर्दै आएको एसएसएफए लाई झन्डै ४० हजार बराबरको मोल्टन,इरा कम्पनिका २० थान म्याच बल सहयोग गर्नु भएको हो ।

आफ्नो जन्मदिनको केक काटेर एसएसएफएका अध्यक्ष सुधिर गुरुङ लाई फुटबल साम्रगी हस्तान्तरण गर्नु भएका दाङ जिल्ला टेवलटेनिस संघका अध्यक्ष तथा पुर्व राष्ट्रिय खेलाडि समेत रहेका लहरे ले फुटबलमा भविष्य खोज्दै गरेका खेलाडी लाई थप हौसला प्रदान गर्न साम्रगी सहयोग स्वरुप प्रदान गरिएको बताउनु भयो ।

फुटबल खेल विश्वमै लोकप्रिय खेल हो तर केन्द्र, प्रदेश र स्थानिय सरकारले खेलकुद लाई हेर्ने र बुझ्ने दृष्टिकोण फराकिलो नबाउदाको पीडा आफुले पनि खेपेकाले आज विशेष दिनमा सिङ्गो खेल क्षेत्र र खेलाडीका लागि सहयोग गर्नुपर्छ भन्ने भावना जागृत गर्न सो साम्रगी सहयोग गरिएको उहाले बताउनु भयो ।

सो अवसरमा एसएसएफएका अध्यक्ष सुधिर गुरुङ ले फुटबल खेल र खेलाडिका लागि गरिएको सहयोगले नियमित अभ्यासमा सहज हुने भन्दै आभार प्रकट गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्