एमाले दाङले जिल्ला स्तरिय प्रशिक्षण गर्ने



No description available.

एमाले दाङले जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । नेकपा एमाले दाङको जिल्ला सचिवालयको आज शनीवार पार्टि कार्यालय भरतपुर बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला कमिटिका अध्यक्ष  हुकुम वस्नेतको अध्यक्षता एवम् केन्द्रिय पोलिटब्युरो सदस्य  नरुलाल चौधरीको प्रमुख आतिथ्यता बसेको वैठकले पुस २६ गते देखी घोराहिमा जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ।

प्रशिक्षणका लागी पार्टि महासचिव क। शंकर पोख्रेल, सचिव प्रदिप ज्ञवाली लगाएतका नेताहरुलाई आमन्त्रण गर्ने निर्णय भएको छ ।यस्तै माघ १० गते भित्र स्थानिय पालिकाहरुको वैठक बस्ने र पालिका स्तरिय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।

वैठकमा केन्द्रिय सदस्यहरु चेत नारायण आचार्य, शान्ता चौधरी, मेनका पोख्रेल, घनस्याम पाण्डे, भागवत विश्वासी, सिता सिग्देल , जिवन गौतम , साजिदा सिध्दिकि, प्रदेश कमिटि अध्यक्ष राधाकृष्ण ज्ञवाली लगाएत प्रदेश कमिटि सदस्यहरुको उपस्थिति रहेको छ ।

उपाध्यक्ष राममणी पाण्डेको स्वागत मन्तब्य बाट सुरु भएको वैठकको सहजिकरण सचिव मनोहर वुढाथोकिले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० पुष २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस्