जेसीज सप्ताह जारी, स्थानीय सरकारसँग जेसिज कार्यक्रममा मेयर चौधरी




त्रिभुवननगर जेसीज घोराहीले जेसीज सप्ताह–२०२५ को चौथो दिन स्थानीय सरकारसँग जेसिज कार्यक्रम सम्पन्न गरेको छ । सप्ताहको चौथो दिन मंगलबार घोराही १५ स्थित त्रिभुवननगर जेसीजको आफ्‌नै हलमा कार्यक्रम सम्पन्न गरिएको हो । त्रिभुवननगर जेसीज वर्ष २०२५ का अध्यक्ष टंकबहादुर रावतको अध्यक्षता तथा घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा स्थानीय सरकारसँग जेसिज कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख चौधरीसँग स्थानीय सरकार सञ्चालनमा देखिएका चुनौती, सम्भावना, नीति कार्यान्वयन तथा त्यसको युवाहरुको समग्र विकासमा परेको प्रभाव विषयमा छलफल गरिएको थियो । साथै, उपमहानगरपालिकाले हालसम्म अगाडि बढाएका विकास गतिविधि र आगामी योजनाहरुबारे नगर प्रमुख चौधरीले जानकारी गराउनुभएको थियो । कार्यक्रममा उद्योगी, व्यवसायीका साथै ज्ञानमाला एकेडेमी र सभ्यता पाठशालाका विद्यार्थिहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थि अदिती केसीले बालमैत्री घोषणा भैसकेको उपमहानगरमा बालमैत्री नगर कार्यान्वयनलाई प्रभावकारी बनाउन भैरहेका कामका बारेमा विज्ञासा राख्नुभएको थियो ।

समिर केसीको जेसीज आस्थापाठ, श्यामकुमार गिरीको जेसीज मिसन तथा भिजन प्रस्तुती र चौथो दिनको कार्यक्रम संयोजक महेश बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेसीज सप्ताह कार्यक्रमका मूल संयोजक बाबुराम पाण्डेयले सप्ताहका गतिविधिबारे प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव कृष्णदेव थापा मगरले गर्नुभएको थियो ।

यस्तै बुधबार विश्राम रहेको छ भने पाचौ दिनको कार्यक्रम अन्तरगत ११ गते विहिवार जलवायु संरक्षणमा जेसिसको प्रयास सम्बन्धी अन्तरक्रिया, छैठो दिनको कार्यक्रम अन्तर्गत व्यवसायीहरूसँग अन्तरक्रिया र सातौँ दिनको कार्यक्रम अन्तर्गत साहित्यिक प्रस्तुतिसहित सप्ताह समापन गर्ने कार्यक्रमहरू तय गरिएको कार्यक्रमका मूल संयोजक पाण्डेयले जानकारी दिनुभयो ॥

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्