
जेन–जी प्रदर्शनमा प्रहरीको गोली लागी १९ जनाको मृत्यु भएपछि विभिन्न शैक्षिक संस्था र विश्वविद्यालयहरूले शोक बिदा र परीक्षा स्थगित गर्ने निर्णय गरेका छन्।
नेपाल मन्टेश्वरी एशोशियसन (एनएमए), अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी गर्दै आज र भोलि दुई दिन विद्यालय बन्द गर्ने घोषणा गरेका छन्।
त्रिभुवन विश्वविद्यालयले स्नातक तहका आज, भोलि र पर्सिको परीक्षा स्थगित गरेको छ। स्थगित परीक्षा असोज २, ४ र ५ गते सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ।
त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयले पनि स्नातक तथा स्नातकोत्तर तहका परीक्षा आज र भोलि स्थगित गर्ने निर्णय गरेको छ।
यस्तै, काठमाण्डौ विश्वविद्यालयले आज पठनपाठन हुने कक्षा सञ्चालन नहुने घोषणा गरेको छ।
प्रकाशित मिति : २०८२ भाद्र २४ गते मङ्गलवार

