दाङमा अवैध लागू औषध सहित ६ जना पक्राउ



७ किलो ५ सय ग्राम अवैध लागू औषध अफिम सहित पक्राउ - NepalKhoj

दाङ घोराही उपमहानगरपालिका १६ बैरबटुवा शिवशक्ति टोलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका १६ बैरबटुवा बस्ने २१ वर्षीय भुवन डाँगी र सोही उपमहानगरपालिका १० नारायणपुर बस्ने २० वर्षीय प्रवेश रोका रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय घोराही दाङबाट खटिएको प्रहरीले रा. ५ प ७२५० नम्बरको मोटरसाइकलाई जाँच गर्ने क्रममा उक्त पदार्थदसहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

प्रकाशित मिति : २०७९ चैत्र २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्