
तुफानबाबु श्रेष्ठ
नेवा देय दवुको ३१ औं स्थापना दिवसलाइ नेवा देय दवु तुलसीपुरले विशेष कार्यक्रमका साथ मनाएको छ। संस्थाले वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत तुलसीपुरस्थित मानव सेवा आश्रममा भोजन वितरण कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा संस्थाका अध्यक्ष शिव श्रेष्ठले स्थापना दिवसलाई उत्सव मात्र नभई सामाजिक सेवा र मानवीय मूल्यहरूलाई व्यवहारमा उतार्ने अवसरका रूपमा लिइएको बताउँदै आगामी दिनमा पनि यस्ता सेवामूलक क्रियाकलापलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा करिब ७० जना आश्रमका आश्रितहरूलाइ भोजन वितरण गरिएको थियो ।
संस्थाका पदाधिकारी तथा सदस्यहरुको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा उपस्तिथ व्यक्तिहरुले यस प्रकारका कार्यक्रमहरूले समाजमा सेवा र सहानुभूतिपूर्ण संस्कृतिको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो।

