दंगीशरणमा अटो रिक्सा ब्यवसायिका लागि बीमा सचेतना



एनएलजि इन्स्योरेन्स कम्पनी लिमिटेडले शनिबार अटो रिक्सा ब्यवसायिका लागि बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। दंगिशरणमा एनएलजि इन्स्योरेन्स कम्पनी लिमिटेडले अटो रिक्सा ब्यवसायिका लागि बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा कम्पनिका कर्पोरेट मार्केटिङ चिफ बुद्ध प्रकाश सिंहले बीमाको महत्व, बीमा दाबी प्रक्रिया लगायत कम्पनीले गर्दै आएको बीमा व्यवसायको बारेमा प्रकाश पार्नुभएको थियो।
प्रा.लि.का अध्यक्ष लाल बहादुर बुढाथोकीको अध्यक्षता भएको उक्त कार्यक्रममा सहभागी बाट प्राप्त जिज्ञासाहरुको कर्पोरेट मार्केटिङ चिफ बुद्ध प्रकाश सिंहले जवाफ दिदै कम्पनीले बीमा दाबीलाई सरल र छिटो छरितो उपलब्ध गराउदै आउनुका साथै ब्यवसायी संग मिलेर सहकार्य गर्न उत्सुक रहेको बताउनुभयो।

प्रा.लि.का अध्यक्ष लाल बहादुर बुढाथोकिले आफ्ना व्यवसायीलाई बीमा सचेतना कार्यक्रम संचालन गरेर बीमा सम्बन्धि धेरै जानकारी प्राप्त भएकोमा धन्यवाद दिनुभएको थियो। कार्यक्रमको सहजीकरण कम्पनीका तुलसीपुर शाखा प्रमुख सुरेश बस्नेतले गर्नुभएको थियो। सो अवसरमा रोज यातायात प्रा।लि। मा आवद्ध रहेका १५० भन्दा बढी व्यवसायीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० चैत्र ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस्