समृद्ध समाजकाे अभियान : आयआर्जन र उत्पादनमा वृद्धिका लागि घुम्तिकाेष



आयआर्जन र उत्पादनमा वृद्धिका लागि २० जनालाई घुम्तीकोष वितरण गरिएकाे छ । शुक्रबार एक कार्यक्रमका बिच दङ्गिशरण गाउँपालिकाका संस्थाका समूह सदस्यहरु लाई घुम्ती काेष वितरण गरिएको थियाे ।

सहकर्मी समाज र समृद्ध समाजको आयोजना तथा विकासकोष नर्वे को आर्थिक सहयोग, प्राविधिक सहयोगमा समूह सदस्यहरुलाई घुम्तीकोष वितरण गरिएकाे हाे ।

जस अन्तरगत व्यवसायिक तरकारी खेतीका लागि ४ जना लाई २० हजारको दरले , जलवायु अनुकूलन वातावरण निर्माणमा सहयोगका लागि ३ जनालाई २० हजार, उद्यमशीलता विकासका लागि २ जना अपाङ्ग सहित ४ जनालाई सपाङ्ग गरी जम्मा ६ जना लाई २५ हजारको दरले घम्ति काेष वितरण गरिएको हाे ।

यस्तै पशुपालनका लागि पशुहरूको व्यवस्थित खोर निर्माण का लागि ४ जनालाई ३० हजार, कुचो,ढकिया निर्माणका लागि ३ जनालाई १२ हजार का दरले जम्मा २० जनालाई जम्मा रु. ४ लाख ४६ हजारको रकम घुम्तिकोश वितरण गरिएको थियो । संस्थाले आएआर्जनकाे काममा सहज हाेस् भन्ने उदेश्यले घुम्ति काेष वितरण कार्यक्रमलाई निरन्तरता दिदै आएकाे छ ।

समृद्ध समाज दङ्गिशरणको अध्यक्ष दिलकुमारी वि क को अध्यक्षता कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रमको सहजीकरण समृद्ध समाजको कार्यक्रम व्यवस्थापक राज कुमारी चौधरीले गर्नु भएको थियो ।

कार्यक्रम मा ७ वटै वडाका समूहका सदस्यहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्