लघुबित्त बित्तीय संस्था को गोष्ठी घोराहीमा शुरु



No description available.

पार्वती बस्नेत

आत्मनिर्भर लघुबित्त बित्तीय संस्था लिमिटेडको अर्ध बार्षिक समिक्षा गोष्ठी कार्यक्रम आजदेखी घोराहीमा शुरु भएको छ । आर्थिक बर्ष २०७९ र ०८० को अर्ध बार्षिक समिक्षा गोष्ठी कार्यक्रम आजदेखि शुरु भएको हो ।

आत्मनिर्भर लघुबित्त बित्तीय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत सोगतवीर चौधरी ज्युको अध्यक्षता एंब ग्रामीण महिला उत्थान केन्द्र दाङका संस्थापक अध्यक्ष आसमानि चौधरी ज्युको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि आसमानी चौधरीले बिपन्न, सिमान्तकृत,अल्पसंख्यक तथा पछाडी परेको समुदायलाई उधमशिलता तर्फ उन्मुख गर्दै थोरै
लगानी बाट भएपनी आर्थिक रुपमा शसक्त गर्नका लागि लघुबित्तले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाले समग्र देशलाइ नै गरिबिको रेखा बाट माथी उकास्नका लागि लघुबित्त बित्तीय संस्थाहरुले अहम भुमिका निर्बाह गरेको संस्मरण समेत गर्नुभयो । तसर्थ देशको मेरुदण्ड भनेकै आर्थिक उन्नति तथा प्रगति हुने भएकोले यस्का लागि सबैको सहकार्य तथा समन्वयको आबस्यक्ता रहेको बताउनुभयो ।

२ दिनसम्म संचालन हुने कार्यक्रमको उद्घाटन सत्रमा आज लघुबित्तमा भएका गतिविधि, महत्त्व, चुनौती र अबसरका साथै आगामी दिनमा संस्थाले गर्नुपर्ने काम, कर्तब्य लगायतको बिषयमा योजना सहित महत्त्वपूर्ण छ्लफल तथा अन्तरक्रिया भएको छ ।

कार्यक्रममा संस्थाका स्वतन्त्र संन्चालक गोमा महरा,संस्थाका मिरा चौधरी लगायतले आफ्नो भनाइ राख्नुभएको थियोे । संस्थाका कर्जा अधिकृत बिनय चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका कर्जा अधिकृत कालिदास चौधरीले संचालन गर्नुभएको थियोे ।

No description available.

प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्