मेट्राेका बिधार्थिलाइ भाैगोलिक सुचना प्रणाली सम्बन्धि  तालिम



बिश्व बन दिवस २१,मार्च २०२४ को अबसरमा तुलसीपुर १२ हरिपौरीमा रहेको मेट्रो कलेजमा भौगोलिक सुचना प्रणाली ( नष्क) सम्बन्धि तालिम सुरु भएको छ । ग्रीन फाउन्डेसन दाङ,हरियाली मन्च नेपाल र मेट्रो कलेज सयुक्त आयोजना भौगोलिक सुचना प्रणाली समन्धी २ दिने तालिम सुरु भएको हो ।

उद्घाटन कार्यक्रममा बाेल्दै तुलसीपुर उपमहानगरपालिका वडा न १२ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि खुसिराम चौधरीले बन बाताबरण मानिसको जिबनसग जोडिएकोले यसको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो  । उहाले प्रकृतिसंग मानव जिवनकाे नजिककाे सम्बन्ध भएकोले वन लाई दिवसका रुपमा भन्दापनि हरेक दिन वन जाेगाउन तर्फ लाग्नुपर्ने बताउनुभयाे । माैसम फेरिएसंगै पहिराे जाने, वन डढेलाे हुन बाट जाेगाउन सके मात्र वन बाट लाभ लिन सकिने बताउनुभयाे ।

त्यस्तै स्थानीय सामुदायिक बन महासघ तुलसीपुरका सचिब रक्षा काफ्लेले तुलसीपुरमा १०३ वटा सामुदायिक बन रहेको र त्यस मध्ये कृतिम बनहरु १० वटा रहेको जानकारी दिदै तालिम पश्चात विद्यार्थीहरुले गाउँ गाउँ सम्म वन जाेगाउनका लागि सचेतना फैलाउनुपर्ने बताउनुभयाे ।

कार्यक्रममा हरियाली मन्च नेपाल तुलसीपुर दाङका उपाध्यक्ष भागिराम चौधरीले बनमा प्रबिधि महत्वपुर्ण रहेको तर्क गर्नुभयाे।वनबाट धेरै लाभ लिन सक्ने भएपनि यसतर्फ समयमै सचेत नभएका कारण आर्थिक रुपमा पछि परेकाे बताउनुभयाे ।

तालिमका प्रशिक्षक तुलसीराम वलीले बन मानव जातिका लागि अत्यन्तै आवश्यक रहेको बताउदै सन २००४ साल देखि बन दिवस मनाउन लागिएको भएपनि राज्य यसको संरक्षणमा गम्भिर नरहेको कुरामा जाेड दिनुभयाे ।

मेट्रो कलेजका निमित्त क्याम्पस प्रमुख कपिल आचार्यको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक सचिन सुवेदीले गर्नु भएको थियाे । २ दिने तालिमको प्रशिक्षकहरुमा रितेश बस्नेत र तुलसीराम वली रहनुभएकाे छ । तालिममा मेट्राे कलेजमा फरेस्टिमा अधययनरत बिधार्थिहरुकाे उपस्थिति छ ।

ग्रीन फाउन्डेसन दाङका अध्यक्ष बिस्नु केसीको अध्यक्षतामा भएको कार्यक्रमकाे उद्घाटन गरिएको हाे ।

 

प्रकाशित मिति : २०८० चैत्र ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्