
पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको आयोजनामा हेमन्तपुर, दाङमा एक दिने “जैविक मल तथा विषादी बनाउने तालिम” सम्पन्न भएको छ।
केन्द्रका अध्यक्ष डिल्लि बहादुर रावतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका आर्थिक समितिका संयोजक तथा वडा नं. १८ का अध्यक्ष माधव वलीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि वलीले रासायनिक सामग्रीको बढ्दो प्रयोगका कारण माटोको उर्वरता घटिरहेको, पर्यावरणीय सन्तुलनमा समस्या देखिएको र मानव स्वास्थ्यमा समेत असर परिरहेको सन्दर्भमा यस्तो तालिम आवश्यक भएको बताउनुभयाे ।
कार्यक्रममा प्रशिक्षक प्रकाश श्रेष्ठले सहभागीहरूलाई जैविक मल र विषादीको सैद्धान्तिक र प्रयोगात्मक पक्षबारे विस्तृत जानकारी दिनुभएको थियो।
एक दिनसम्म सञ्चालन भएको उक्त तालिममा स्थानीय कृषक, युवा तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
तालिम सहजिकरण संस्थाकी सचिव मेनका शर्माले गर्नु भएको थियाे।
स्थानीय स्तरमै जैविक विकल्पको प्रवर्द्धन गरी दीगो कृषि प्रणालीलाई बलियो बनाउने उद्देश्यले तालिम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ।

