पश्चिम दाङको विकास गर्न सधैँ तत्पर रहनेछु ःकोमल वली



No description available.

राष्ट्रिय सभाका पुर्व सदस्य  कोमल वलीले पश्चिम दाङमा हिन्दु धर्मावलम्बीहरुको पहिचानसंग जोडिएका धार्मीक स्थलहरुको निर्माण हुन जरुरी रहेको बताउँनुभएको छ । महायज्ञका प्रमुख अतीथी समेत रहनु भएकि वलीले मठमन्दिर भनेका हरेक वर्ग नागरीकहरुको थलो भएकाले पश्चिम दाङमा धार्मीक स्थल अनीवार्य हुन जरुरी रहेको उहाँले बताउँनुभयो । शान्तीनगर गाउँपालिकाको वडा न.२ सिमसुन्दरपुरमा आयोजना गरिएको श्रीमद्भागवत ज्ञान महायज्ञमा सम्बोधन गर्दै उहाँले यस्तो बताउँनुभएको हो । उँहाले पश्चिम दाङको विकासका लागि आफु ब्यक्तिगत रुपमा सक्दो सहयोग गर्न सधैँ  तत्पर रहने प्रतीवद्धता ब्यक्त गर्नुभयो ।

उँहाले सडकमा रहेका बालबालीका देखि लीएर जेष्ठ नागरीकहरुको निशुल्क बासस्थानका पनी मठमन्दिर (धार्मीक स्थल) निर्माण हुन आवश्यक रहेको उहाँको भनाई थियो । उहाँले जेष्ठ नागरीकहरुको बिसाउँने चौतारी भनेकै मठमन्दिर भएको भन्दै सामाजीक क्षेत्रमा गरिएका कामले मानीसको पहिचान जनाउँने भन्दै महायज्ञले लिएको संकल्प पुरा गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउँनुभयो ।

साथै पश्चिम दाङको विकासका लागि आफु सधैँ लागिपर्ने बताउँनुभएको छ । पश्चिम दाङ अझै पनि विकशको हीसावले पछि परेको भन्दै अवको काम पश्चिम दाङबासी संगसंगै रहेर अगाडि बढ्ने उहाँले बताउँनुभयो । सो अवसरमा राष्ट्रिय सभाका पुर्व सदस्य वलीले शिव मन्दिर निर्माणका लागि सहयोग पुगोस् भन्ने हेतुले पाँच हजार पाँच सय पचपन्न रुपैया सहयोग स्वरुप दान गर्नुभएको छ । महायज्ञको प्रमुख वाचकमा अच्युरमन महाराज रहनुभएको छ ।

No description available.

श्री शिवमन्दिर बिराट धार्मीक ज्ञान महायज्ञ धाधान्याञ्चल पितृ मोक्ष तथा एक सय आठ शालिग्राम पूजाअर्चना २०८० को आयोजनामा शिव मन्दिर निर्माणका लागि भएको सात दिने महायज्ञ यहि कार्तीक चार गतेसम्म संचालन हुनेछ । श्रीमद्भागवत पाठ पारायण, प्रवचन,दीप प्रज्वलन, तुला दान, भूमि दान अत्र दान लगायतका अनुष्ठानहरू हुने आयोजक ले जनाएको छ ।

No description available.
यसैबिच श्रीलक्ष्मीनारायण मन्दिर शान्तीनगर ७ धनौरामा पनि श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ संचालन भएको छ । महायज्ञमा राष्ट्रिय सभा पुर्व सदस्य कोमल वलीले पाँच हजार पाँच सय पचपन्न रुपैया सहयोग स्वरुप दान गर्नुभएको छ । महायज्ञको प्रमुख कथा वाचकमा परमेश्वर श्री ठाकुर प्रसाद सुवेदी रहनुभएको छ । यहि असोज २८ गते देखि सुरु भएको महायज्ञ कार्तीक ५ गते सम्म संचालन हुनेछ ।

 

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्