
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै दाङमा कर्फ्यु समय थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार आज राति १२ बजेसम्म लागू हुने कर्फ्यु भोली बिहान ५ बजेसम्मका लागि लम्ब्याइएको हो ।
प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले सुरक्षा अवस्था हेरेर थप समय बढाइएको जानकारी दिँदै कर्फ्यु अवधिमा सकेसम्म घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गर्नुभयो ।
जेनजीको आन्दोलनका कारण अवस्था असामान्य बनेपछि मंगलबारदेखि दाङका प्रमुख बजार क्षेत्रमा कर्फ्यु जारी गरिएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ अनुसार चार किल्लाभित्र आवतजावत, सभा, जुलुस, प्रदर्शन, घेराउ, भेला, बैठकसमेत गर्न निषेध गरिएको छ ।
कर्फ्यु क्षेत्रभित्र तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका र भालुवाङ बजार क्षेत्रका मुख्य भाग पर्छन् ।

प्रकाशित मिति : २०८२ भाद्र २६ गते बिहिवार

