
दाङको शान्तिनगरमा बेबारिसे अबस्थामा बन्दुक फेला परेको छ । प्रहरी चौकी चिराघाटबाट गस्ती गएको टोलीले बन्दुक फेला पारेको हो ।
प्रहरी चौकी चिराघाटबाट प्रहरी सहायक निरिक्षक हिरालाल सेन्चुरीको नेतृत्वमा गएको गस्ती टोलीले शान्तिनगर ४ गब्दवाको सुन्दर सामुदायिक बनक्षेत्रमा बेबारिसे अबस्थामा रहेको बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बेबारिसे अबस्थामा फेला परेको बन्दुक ईलाका प्रहरी कार्यालय खिलतपुरमा राखिएको छ ।
बन्दुक फेला परेको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता प्रहरी नायब उपरिक्षक चक्रबहादुर शाहले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति : २०८२ कार्तिक १३ गते बिहिवार

