सार्वजनिक सवारीका यात्रुलाइ समयमै र गुणस्तरिय खाना खुवाउनुस् :सुरेश हमाल



त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले सार्वजनिक सवारीका यात्रुले समयमै र गुणस्तरिय खाना खुवाउन यातायात व्यवसायी र श्रमिकलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ ।

लामो दुरीमा चल्ने सवारी साधनका यात्रुले समयमै खाना खान नपाएको र गुणस्तरहिन खाना खुवाउने गरेको गुनासो आउने गरेको भन्दै उहाँले कुनै पनि बसका यात्रुले समयमै  र गुणस्तरिय खाना पाउनुपर्ने बताउनुभयो ।

उहाँले दिउँसोको करिब १२ बजेभित्र र रातीमा १० बजेभित्र खाना खुवाउनुपर्ने बताउनुभयो । उहाँले सवारी चलाउँदा कागजात साथमै बोक्ने कुरालाई पूणर् पालना गर्न पनि आग्रह गर्नुभएको छ ।

प्रालिले शनिबार तुलसीपुरमा गरेको पाँचौ वार्षिक साधारण सभामा अध्यक्ष हमालले त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिको सफलतामा यातायात व्यवसायी, श्रमिक, यात्रु र नेतृत्व सबैको भूमिका महत्वपूणर् रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली चलचित्रका नायक निखिल उप्रेतीले सुरक्षित यात्राका लागि चालक नै बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले चालकको सानो त्रुटिले पनि दुर्घटनाको जोखिम बढी हुने भएकाले चालक जिम्मेवार बन्दा दुर्घटना न्यूनिकरणमा धेरै कमी आउने बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख राजेश शाहीले दुर्घटना न्यूनिकरणका लागि चालकले सडक अनुशासनको पूणर्  पालना गर्नुपर्ने बाताउनुभयो । उहाँले दुर्घटनाबाट हुने क्षति बढ्दै गएकोले न्यूनिकरण गर्न सवारी चालक बढी जिम्मेवार ढंगका साथ प्रस्तुत हुनुपर्ने बताउनुभयो ।

प्रालिका पुर्व अध्यक्ष देवी बहादुर डिसीले त्रिसिद्देश्वरी यातायात प्रालिको सफलतामा सबैको भूमिका महत्वपूणर् रहेको बताउनुभयो ।

कार्यक्रममा पूर्व कार्यालय प्रमुख डा. लोकराज पराजुलीले यातायात क्षेत्रलाई सम्मानित पेशा बनाउनुपर्नेमा जोड दिँदै सडक यात्रालाई सुरक्षित बनाउन राज्य पनि गम्भीर बन्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले सार्वजनिक यातायात सेवामा त्रिसिद्देश्वरीको भूमिका सशक्त बन्दै गएको बताउनुभयो ।

चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्य धुर्वराज न्यौपाने, स्वतन्त्र मजदुर संगठन दाङका अध्यक्ष दिपक बुढाथोकी, नेपाल यातायात मजदुर संघका अध्यक्ष पदम वली लगाएतले मन्तब्य ब्यक्त गर्नु भएको थियाे ।

संरक्षक भरतनाथ योगीको स्वागत मन्तव्यबाट शुरू भएको उद्घाटन समारोहमा प्रा.लि.का प्रशासनिक सचिव नारायण न्यौपानेले प्रशासनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।  कार्यक्रमको सहजीकरण प्रा.लि.का प्रेस सल्लाहकार शरद रेग्मीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ भाद्र २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्