
वन डढेलो (वनाग्नि) न्युनिकरणका लागि विभिन्न पूर्वतयारी गर्नुपर्ने सराेकारवालाहरुले बताएका छन् । सचेतना कार्यक्रम अर्न्तर्गत स्थानिय समुदाय, किसान, तथा विद्यालयहरूमा वन डढेलोको असर र रोकथामबारे जनचेतना कार्यक्रम सञ्चालन गर्ने, वनमा सुख्खा पात, घाँस, र सुकेका हाँगाहरू संकलन गरी व्यवस्थित गर्ने, अग्नि नियन्त्रण रेखा निर्माण गर्ने लगाएतका तत्काल नियन्त्रणका उपाएहरु अपनाउनुपर्ने कुरामा जाेड दिए ।
दाङकाे घाेराहिमा भएको वन डढेलाे नियन्त्रण तथा ब्यवस्थापन सम्बन्धि सराेकारवालाहरु संगकाे समन्वय बैठकमा बाेल्ने सराेकारवालाहरुले वन क्षेत्रमा अनियन्त्रित आगो लगाउने गतिविधिलाई रोक्न कडा नियम लागू गर्ने कुरामा जाेड दिए ।
प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले वन डढेलाे नियन्त्रणका लागि आवशकिय सामग्रीको उपलब्ध गराउन तर्फ लाग्न सबैलाई आग्रह गर्नुभयाे । उहाले स्थानिय समुदायलाई वन डढेलो नियन्त्रण तथा निगरानीका लागि संगठित गर्न पनि आजैबाट लाग्नुपर्ने बताउनुभयो ।
डिभिजन वन कार्यालय दाङका निमित्त प्रमुख मदन प्रसाद ढुंगानाले तीन वटा कलष्टरमा वनलाई विभाजन गरिएको बताउनुभयो । कमिरेचाैर, सुनपुर र अम्बिकेश्वरी सव डिभिजन वन कार्यालयकाे कार्य क्षेत्र ( बंगलाचुली गाउँपालिका र घाेराहि उपमहानगरपालिका ) , नारायणपुर, विजाैरी र तुलसीपुर सव डिभिजन वन कार्यालयकाे कार्य क्षेत्र ( घाेराहि र तुलसीपुर उपमहानगरपालिका ), दङ्गिशरण र पुरन्धारा सव डिभिजन वन कार्यालयकाे कार्य क्षेत्र ( दङ्गिशरण, शान्तिनगर र बबई गाउँपालिका गरि तीन कलष्टरमा विभाजन गरिएको जानकारी दिनुभयो ।
साे अवसरमा जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी चक्र बहादुर शाहले डढेलो नियन्त्रणका लागी उपकरणहरुको प्रर्याप्त उपलब्धता हुनुपर्ने बताउनुभयो । सबै स्थानिय पालिकाहरुमा दमकल पुग्न नसक्ने र उपलब्ध हुन नसक्ने भएकाले वैकल्पिक नियन्त्रण विधिहरू अपनाउन सचेतना, तालिम जस्ता गतिविधिहरु जनस्तरसम्म पुर्याउनुपर्ने बताउनुभयो ।
सामुदायिक वनमा आगलागि भएमा सराेकारवालाहरु ग्रासरुटमा गएर काम गर्नुपर्ने , स्थानिय तहमा तहगत रुपमा कसरी जाने, आगलागि नियन्त्रण गर्न के के कार्यक्रम गर्ने भन्ने बिषयमा पुर्व अभ्यास हुनुपर्ने बताउनुभयो ।
नेेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मिडियाहरु सुचना दिने सवालका सधैं तत्पर रहने बताउनुभयाे । उहाले सचेतिकरण भन्दा पनि उपग्रह प्रणाली वा निगरानी टावरहरू प्रयोग गरी वन डढेलोको प्रारम्भिक अवस्था पहिचान गर्न तर्फ लाग्नुपर्ने बताउनुभयो । आगाे लागिहालेमा तत्काल कसरी नियन्त्रण गर्ने भन्नू विषयमा पुर्व तयारी हुनुपर्ने बताउनुभयो ।
पत्रकार महासंघ दाङका अध्यक्ष सन्ताेष सुवेदीले पत्रकार महासंघ वनका उपभोक्ताहरु जागरुक भएमा वन डढेलाे राेक्न सकिने, गाउँ र ठाउँकाे गतिविधि बुझेर पुर्व तयारी गर्नुपर्ने , प्रवाह गर्ने सुचनालाइ मिडियामुखि गराउनुपर्ने बताउनुभयो ।
डिभिजन वन कार्यालय दाङकाे आयाेजनामा भएको कार्यक्रममा संचारकर्मि/ वन डढेलाे फाेकल पर्सन/ वन कर्मचारी , नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल, लगाएतकाकाे उपस्थिति रहेको थियो ।

