बालविवाह गरेको आरोपमा दाङमा तीन जना पक्राउ



बालविवाह गरेको आरोपमा बेहुलासहित तीन जना पक्राउ | YesKhabar

दाङ स्थीत बंगलाचुली गाउँपालिकामा बालविवाह गरेको आरोपमा प्रहरीले किशोरकिशोरीसहित तीन जनालाई पक्राउ गरेको छ । बिवाह गर्दै गरेको अवस्थामा प्रहरीले मंगलबार दुलाहादुलही सहित विवाह गराउन सहयोग गरेको आशंकामा दुलहीकी अन्टी नाता पर्ने ३७ वर्षीया एक महिलालाई पनि नियन्त्रणमा लिएको हो ।

बंगलाचुली गाउँपालिका ४ गहतेराकी १५ वर्षीया किशोरी र वडानम्बर ८ हाँसिपुर स्यालाका १६ वर्षीय किशोर र एक जना महिलालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध बालविवाहको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले बताउनु भयो । केटाकेटीका परिवारले आपसी समझदारीमा विवाह गराएको प्रहरी प्रवक्ता गौतमले बताउँनुभयो । यसबारे थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्