स्व. उत्तर कुमार वली काे छैठाैँ स्मृति दिवसमा जेष्ठ नागरिक लाई सम्मान



नेकपा एमाले दंगिशरण गाउँ कमिटिले स्व. उत्तर कुमार वली काे छैठाैँ स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली सभा तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । गाउँ कमिटीले शनिबार स्व. वलीकाे स्मृतिमा जेष्ठ नागरिकलाई सम्मान गरेको हाे ।

गाउँ कमिटीका अध्यक्ष वसन्त वलिकाे अध्यक्षयता तथा नेकपा एमाले दाङका निवर्तमान अध्यक्ष तथा जिल्ला भुमी समस्या समाधान आयोग दाङका अध्यक्ष हुकुम बस्नेतकाे प्रमसख आतिथ्यतामा कार्यक्रम भएको हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि बस्नेतले उत्तर वली प्रती श्रृृद्दाञ्जली ब्यक्त गर्दै पश्चिम दाङले जित्दाजित्दै हारेकाे अवस्था आएकाे बताउनुभयो । उत्तर वलीकाे देन पश्चिमी जनताका लागि विर्सने नसक्ने गरि छाप बसेकाे भन्दै उहाँले गर्न खाेजेका कामहरुलाई निरतरता दिई शुन्दर पश्चिम दाङ बनाउनुुपर्ने बताउनुभयो । उत्तर वली जस्ताे निडर, साहसि, क्षमतावान नेता जन्मिनुपर्ने बताउनुभयो । पार्टिले नसाेचेकाे क्षति बेहाेर्नु परेकाे भन्दै अब कुरा मात्र नभइ हरेक जनताकाे समस्याकाे कदर गर्दै काम गरेर देखाउनुपर्ने बताउनुभयाे ।

साे अवसरमा नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले यहाका हरेक एमाले उत्तर वली भएर जन्मिनुपर्ने बताउनुभयो । नेकपा एमालेका हरेक कार्यकर्तामा उत्साह हुनुपर्ने भन्दै पश्चिम क्षेत्रलाई अब नेकपा एमालेले मात्र परिवर्तन गर्न सक्छ भन्ने कुराकाे विश्वास दिन सक्नुपर्ने बताउनुभयो । उहाँले उत्तर वली जस्तै सबैले सामाजिक राजनीति गर्न सिक्नुपर्ने बताउनुभयो ।

साे अवसरमा क्षेत्र न ३ ख उपसंयाेजक एम. एन शाह, पुर्व सांसद धमकली चाैधरी, निवर्तमान गाउँपालिका अध्यक्ष भागिराम चौधरी , २ न वडा अध्यक्ष डम्बर खत्री , जिल्ला सदस्य यशाेदा शर्मा , चक्रमिलन विश्वकर्मा लगाएतले स्व. उत्तर वलीकाे ब्यक्तित्व बारे चर्चा गर्दै उहाँको निधनले पार्टीमा ठुलाे रुपमा वज्रपात परेकाे बताए । पश्चिम दाङ बनाउने उहाकाे सपना स्मरण गर्दै नेकपा एमाले एक ढिक्का भएर लाग्नुपर्ने तर्क गरे ।

उपाध्यक्ष निरज बस्नेतकाे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमकाे सहजीकरण सह सचीव राजकुमार थापाले गर्नु भएको थियाे ।

प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस्