विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकारको निशुल्क आँखा जाँच



No description available.

३० औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखाले घोराहीमा २०८० बैशाख २० गते बुधबार पत्रकारहरुको निशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न गरेको छ । राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोगमा पत्रकारहरुको निःशुल्क आँखा जाँच शिविर गरि दिवस मनाइएको हो ।

जिल्लाका ५७ जना पत्रकारहरुको आँखा जाँच गरिएकोमा अधिकांश पत्रकारहरुको आँखा सुक्का देखिएको राप्ती आँखा अस्पताल रक्षाचौरका दृष्टि विशेषज्ञ ओमप्रकाश यादवले जानकारी दिनुभयो । पत्रकारहरुको आँखा चिलाउने विजाउने र आँखा सुक्का भएको पाइएको उनले बताए । त्यस्तै ६ जना पत्रकारहरुमा दृष्टि दोष, १ जना पत्रकारको आँखा डेढो र ५ जना पत्रकारहरुको आँखामा मासु पलाएको भेटिएको छ ।
उनीहरुलाई थप उपचार तथा शल्यक्रियाका लागि अस्पतालमा रिफर गरिएको छ । त्यस्तै १८ जना पत्रकारलाई चश्मा निःशुल्क वितरण गरिएको छ । शिविरमा आँखा जाँच, औषधी र चश्मा निःशुल्क वितरण गरिएको थियो ।

No description available.
पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको आँखा जाँच कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका कोषाध्यक्ष श्याम प्रकाश आचार्य, प्रेस काउन्सीलका सदस्य शरद अधिकारी, पत्रकार महासंघका पूर्व अध्यक्षहरु केवी मसाल, प्रताप रेग्मी, निवर्तमान अध्यक्ष सविन प्रियासन, सल्लाहकार लक्ष्मी आचार्य, पूर्व केन्द्रीय सदस्यहरु मधुसुदन बैद्य, अजयदीप शर्मा लगायत विभिन्न संघ संगठनका प्रतिनिधि, श्रव्य, दृष्य, छापा र अनलाइन माध्यममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण महासंघका सचिव आरके शितलले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० बैशाख २० गते बुधवार
प्रतिक्रिया दिनुहोस्