दंगीशरणमा दुना टपरी बनाउँने तालीम शुरु



दंगीशरण १ छर्कट्टामा दुना टपरी बनाउँने तालीम आज देखि शुरु भएको छ । ग्रीन फाउण्डेसन नेपाल दाङ, दंगीशरण गाउँपालिका तथा समृद्ध समाज दाङको आयोजनामा संचालीत तालीम पाँच दिन सम्म चल्नेछ । गाउँका महिलाहरुलाई सिर्जनशिल तथा सिप सिकाई उत्पादनमूखी बनाउँने उद्धेश्यले तालीमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले गाउँघरमै पाईने वस्तुलाई सदुपयोग गरि उधमशिल बन्न सक्ने भन्दै सिकेको सिपलाई ब्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताएका थिए । आफनै घर वरपर पाईने बस्तुको सही सदुपयोग गर्न सके आर्थीक पाटोलाई बलीयो बनाउँन सकिने उनीहरुको धारणा थियो । बजारको आवश्यक्तालाई मध्यनजर गर्दै वन जंगलमा पाईने कच्चा पदार्थको पनि सहि तरीकाले सदुपयोग गर्न सकिने उनीहरुले बताए । कार्यक्रममा ग्रीन फाउण्डेसन दाङका सचिव सुरेस रावत, वडा न. १ का वडा अध्यक्ष रमेश भण्डारी लगाएतले बोल्नुभएको थियो । ग्रीन फाउण्डेसनका कार्यक्रम संयोजक दिपक परियारको अध्यक्षता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरिको प्रमुख आतीथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । मिलीजुली समुहकि मिना चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण समृद्ध समाजकि सुनीता चौधरीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ पुष १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्