एच.आर मगर
फेलोसिप लाहुरे ट्रेनिङ सेन्टर तुलसिपुर दाङले स्वर्गीय ललित बुढाको ४ ओँ स्मृति दिवसमा मानव सेवा आश्रममा आश्रितहरुलाइ खाजा नास्ता खुवाएकाे छ । दिवसकाे अवसर पारि मानव सेवा आश्रय तुलसीपुरमा ५८ जनालाई बिहानिको खाजा नास्ता खुवाइएकाे हाे ।
फेलोसिप लाहुरे ट्रेनिङ सेन्टर तुलसिपुर दाङका संचालक समेत रहेका बुढाको २०७७ असार २७ गते सवारी दुर्घटना भइ मृत्यु भएको थियो
स्वर्गीय बुढाको स्मृतिमा बोल्दै लायन्स क्लब अफ क्यापिटल दाङका अध्यक्ष दिपक केसीले स्व. शेरसिंह बुढा हजारौं युवाहरुलाई एउटा सच्चा राष्ट्र सेवकको रुपमा स्थापित गर्ने लक्ष्यका साथ ट्रेनिङ सेन्टर खोले पनि लामो समय काम गर्न नपाउदै मृत्यु हुन पुग्नु दु:खद कुरा भएको भन्दै दुख व्यक्त गर्नुभएको थियाे ।
पछिल्लो समयमा फेलोसिप लाउरे ट्रेनिङ सेन्टरले तालिम गर्ने विद्यार्थीहरुलाई तालिम मात्र नगराई सामाजिक कार्यमा अग्रसर गराउनु राम्रो पक्ष भएको बताउनु भएको थियाे ।
त्यस्तै फेलोसिप लाउरे ट्रेनिङ सेन्टरका संचालक राजु यरिले आफूहरुले एउटा लक्ष्यका साथ हजारौं युवाहरूलाई नेपालमै राष्ट्रसेवकको रुपमा स्थापित गर्नुपर्छ भन्ने उद्देश्यका साथ संचालन गरिएको तर बीचैमा आफूले आफ्नो साथीलाई गुमाउनु पर्दा धेरै दुःख बोध गर्नु परेको बताउनु भएको थियाे । उहाँले साथीले बीचमै छोडेर गएपनि साथीको सपनालाई पूरा गर्न आफू निरन्तर लाग्ने प्रतिवद्दता जनाउनु भयाे ।
कार्यक्रममा स्व. ललित बुढाकी भतिजी मीना बुढा मगर, विभिन्न संस्थाका प्रतिनिधि, फेलोसिप लाहुरे ट्रेनिङ सेन्टरमा प्रशिक्षार्थिहरुकाे उपस्थिति रहेको थियो ।