समृद्ध समाज दङ्गिशरणकाे चाैथाे साधारण सभा तथा सामाजिक लेखा परिक्षण कार्यक्रम साेमबार दङ्गिशरण ५ मा सम्पन्न भएको छ । समाजका अध्यक्ष दिल कुमारी वि. क. अध्यक्षता तथा दङ्गिशरण गाउँपालिका अध्यक्ष शम्भु गिरिकाे प्रमुख आतिथ्यता तथा सहकर्मी समाज दाङका टिम लिडर पुनाराम पन्थीकाे बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।
सभामा बाेल्ने बक्ताहरुले समृद्ध समाजले हरेक मान्छेकाे आर्थिक पाटाेलाइ बलियाे बनाउदै सामाजिक गतिविधि मार्फत समाज रुपान्तरणमा टेवा पुगेकाे बताएका थिय । बचत, संकलन आएआर्जनमा बृद्दि हुनुका साथै समुहमा आवद्द भएकाहरुकाे क्षमता अभिबृद्दि भएको उनिहरुकाे भनाइ थियाे । समाज, परिवार मात्र नभएर मान्छेमा पनि हरेक दृष्टिकोणबाट सकारात्मक रुपले विकास भएको बताएका थिय ।
कार्यक्रममा दङ्गिशरण गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि शम्भु गिरिले समृद्ध समाजकाे जस्ताे नाम उस्तै काम भन्दै दङ्गिशरणका नागरिकहरु समृद्ध बनाउने बाटाे खुला गरेकाे बताउनुभयो । हरेक मान्छेलाई अगाडि बढ्नका लागि आर्थिक रुपमा बलियाे हुनुपर्ने आवश्यक रहेकाले हरेक परिवारकाे आर्थिक पाटाे बलियाे हुन जरुरी रहेकाे बताउनुभयाे । घुम्ती काेष कार्यक्रमले विपन्न वर्गलाइ केहि राहत दिने भएकोले गाउँपालिकाले कार्यविधि बनाएर यश कार्यक्रमलाई लागू गर्ने याेजनामा रहेको बताउनुभयो ।
कार्यक्रममा सहकर्मी समाज दाङका टिम लिडर पुनाराम पन्थिले स्थापनाकाल देखि नै समाजका लागि काम गर्दै आएकाे सस्थाले समाज रुपान्तरणका लागि सदैव अगाडि बढ्ने बताउनुभयो । सामाजिक गतिविधि मार्फत आर्थिक, भाैतिक, सामाजिक , सांस्कृतिक, मानविय चेतना र क्षमता विकासमा टेवा पुग्ने खालका कार्यक्रम अझ बढावा दिन आग्रह गर्नुभयाे ।
साे अवसरमा जिल्ला समन्वय समिदाङका सदस्य टाेपाराम चाैधरी, वडा न. १ का वडा अध्यक्ष रमेश भण्डारी , वडा न. ७ का वडा अध्यक्ष रेशम वली, नेपाल पत्रकार महासंघ दाङका सह- सचिव दिप्तिशिखा चाैधरी, दक्षिण देउखुरी मञ्चका अध्यक्ष देवराज कवँर, समाज विकासका अध्यक्ष शसिराम गिरि, दलित सेवा संघ दाङका अध्यक्ष सन्तोष चनारा, जनज्याेती समूह दङ्गिशरण ५ का भागिराम डाङ्गि , बुक्किफुला समूह वडा न.४ का जुगमानी चाैधरी लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिय ।
साे अवसरमा विपन्न वर्गका जेहेन्दार विधार्थि स्मृति चाैधरी, नविना चाैधरी, अपेक्षा चाैधरी, सरिता चाैधरी, सुस्मिता चाैधरी, त्रिचा परियार, संगिता के. सि. लाई प्रतिब्यक्ति २० हजारका दरले छात्रवृत्ति वितरण गरिएको थियाे ।
यस्तै समृद्ध समाजले प्रदान गरेकाे छात्रवृत्ति मार्फत अध्यययन गरिरहेका रिजन परियार द्दितिय स्थान हासिल गरेपछि प्राेत्सासाहन स्वरुप ४ हजार रुपैयाँ प्रदान गरिएको थियाे । पहिला सामाजिक अभियान्ता योगी कायस्थ को पहलमा १५ हजार छात्रवृत्ति पाएर अधययन गरिरहेका परियार यस बर्ष कक्षा सातमा द्वितीय भएकोले योगी कायस्थले नै भक्तपुरबाट पठाएको ४ हजार रु. पुरस्कार स्वरुप हस्तान्तरण गरिएकाे हाे ।
यस्तै पुर्व कर्मचारी सुनिता चाैधरीलाइ सस्था प्रती पुर्याएकाे याेगदानकाे कदर गर्दै कदर पत्र सहित दाेसल्ला आेेढाएर सम्मान गरिएको थियाे ।
साे अवसरमा सस्थाका काेषाध्यक्ष सीता डांगिले आर्थिक प्रतिवेदन र सदस्य झरना चाैधरीले वार्षिक प्रगति प्रतिवेदन प्रश्तुत गर्नु भएको थियाे ।
सस्थाका उपाध्यक्ष देविराम चाैधरीकाे स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमकाे शहजिकरण सचिव बालकृष्ण खड्काले गर्नु भएको थियाे ।
सस्थाकाे अध्यक्षमा पुन: दिल कुमारी वि. क सर्वसम्मत चयन
यसैबिच समृद्ध समाजकाे चाैथाे साधारणसभामा पुन: दिल कुमारी वि.क सर्वसम्मत चयन हुनुभएको छ । साेमवार सम्पन भएको सभाले वि. क लाई सर्वसम्मत चयन गरेकाे हाे ।
यस्तै उपाध्यक्षमा झरना चौधरी , सचिवमा बालकृष्ण खड्का , काेषाध्यक्षमा सीता डाँगी , सह- सचिवमा शोभा गौतम रहनु भएको छ । यस्तै सदस्यहरुमा बुद्धि ओली, सुशीला चौधरी गरि जम्मा ७ जनाको कार्यसमिति चयन भएको छ ।
के गर्छ समृद्ध समाजले ?
समृद्ध समाज समुदायकाे उत्थानका लागि काम गर्ने एक सस्था हाे । वडास्तरिय ७ वटा मुुल समिति र ७१ वटा सामुदायिक समुहहरु आवद्द रहेका छन् । १ हजार ४ सय ४२ जना साधारण सदस्य रहेकाे सस्थामा ६ हजार ५ सय ७० जनाले प्रत्यक्ष लाभ लिएका छन् ।
सिमान्तकृत समुदायकाे उत्थानका लागि विभिन्न चेतनामुलक, सामाजिकआर्थिक , क्षमता विकासका कार्यक्रमलाई प्रााथमिक्तातामा राख्दै काम गर्दै आएकाे छ । समुदायकै श्राेत, साधन र सिपकाे उपयाेग गर्दै समुदायकै माानिसलाइ आर्थिक रुपमा बलियाे बनाउने मुख्य भुमिका निर्वाह गर्दै आएकाे छ ।
सस्थाले काेशेलि र लाइभ कार्यक्रम नियमित रुपमा संचालन गर्दै पाेषण र स्वास्थ्य जनचेतना अभिबृद्दि, साना किसान र पशुपालकहरुलाई दिगाे कृषि बीउ प्रणालि र पशुपालन उत्पादनमा प्रदान, महिला, युवा सिमान्तकृत समुहहरुलाइ आएआर्जनका लागि घुम्ती काेष वितरण, लैंगिक समता तथा सामाजिक समावेशिकरण जस्ता कार्यक्रम हरु संचालन गर्दै आएकाे छ ।
स्थानिय श्राेत र जनश्रमदान बाट करेसाबारी खेती पशुपक्षिपालन गरेर जिविकाेपार्जन सुधार गाउँ , टाेल सुधारका लागि सामुहिक कार्य गर्दै समृद्ध गाउँ बनाउने अभियानमा लागेकाे छ । सस्थामा एक जना कृषि कर्मचारी सहित आठ जना स्थानिय कर्मचारी रहेका छन् ।