जनएकता मुल समीती दंगीशरण ७ को तीज मीलन, अट्वारी तथा वार्षिक साधारण सभा आज दंगीशरण ७ बुटनीयामा सम्पन्न भएको छ । समितीका अध्यक्ष नारायणी देवकोटाको अध्यक्षता तथा वडा न. ७ का वडा अध्यक्ष रेशम वलीको प्रमुख आतीथ्यता एंव सहकर्मी समाजका कार्यक्रम अधिकृत पुनाराम पन्थीको बिशीष्ट आतीथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतीथी वडा अध्यक्ष वलीले समृद्ध समाजको हरेक कार्यक्रममा सहभागि हुने गरेको भन्दै आवश्यक परेको खण्डमा आफनो तर्फबाट सहयोग गर्ने प्रतीवद्धता जनाउँनुभयो । वडामा महिलाहरुलाई बयवसायमा जोड्नका लागि दुनाटपरी निर्माण गर्ने मेसीन जडान गर्नका लागि बजेट विनीयोजन गरेको बताउँनुभयो । उँहाले वडामा रहेका बिभीन्न समुहका कृषकले उत्पान गरेका वस्तु बजारीकरण गर्न श्रीगाउँमा रहेको खुल्ला ठाउँमा हाट बजार संचालन गर्न सकिने भन्दै वडा न. ७ ले सहयोग गरे काम सुचारु गर्न आफु तयार रहेको बताउँनुभयो । वडाका हरेक नागरीकहरुलाई आर्थीक रुपमा बलीयो बनाउँन आफु सधैँ लागिपर्ने भनदै सहयोग र सहकार्य मार्फत अगाडि बढ्नुपर्ने बताउँनुभयो ।
सो अवसरमा सहकर्मी समाजका कार्यक्रम अधिकृत पुनाराम पन्थीले दंगीशरणमा हरेक नागरीकको समृद्धिका लागि भौतीक मात्र नभई मानवीय विकास गर्न सस्ंथालाई जन्म दिएको बताउँनुभयो । उहाँले अवका दिनमा एकता र संगठित समाज निर्माण गर्न, जागरुक र सचेत समाज निर्माण गर्न आर्थीक रुपमा सुदृढ हुनुपर्ने बताउँनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य चन्दा याेगि, नेपाल पत्रकार महासंघ दाङका सह सचिव दिप्तीशिखा चौधरी, सिद्ध बचत क्रृण सहकारी सस्ंथाका विष्णा गौतम, बुटनीया साधना केन्द्रका शोभा देवकोटा, प्रगतीशिल समुुहका माधवनाथ योगी लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
सो अवसरमा मुल समितीका सदस्य विर्सना शर्माले प्रगती प्रतीवेदन प्रश्तुत गर्नुभएको थियो । समुहमा शिवशक्ति समुह, प्रगतीशिल समुह, सुर्यमुखि समुह, समाजसुधार समुह, कोपिला समुह, उज्जवल समुह, डवरा कृषक समुह, झरना समुह, सयपत्री समुह, सगरमाथा समुह, मनकामना समुह, गाउँबेशि समुह, हिमाल समुह गरी १४ वटा समुह छन् । समुहबाट १३ सय ४५ जनसंख्या लाभान्वित छन् ।
यस्तै मुल समितीले झरना समुहले ६० हजार कोष बृद्धि, मनकामना र कोपिला समुह च्याउ खेतीबाट ६८ हजार र धेरै समुह बनाउँने, सामुहिक कार्य कार्य गरेको भन्दै दोभान समुहका सदस्यहरुलाई सम्मान गरिएको थियो ।
मुल समितीका सदस्य रामकली चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण शोभा गौतमले गर्नुभएको थियो । कार्यक्रममा जनएकता मुल समीतीका समुह भित्र रहेका सम्पुर्ण सदस्य महिलाहरुको सहभागिता रहेको थियो ।