७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तुलसीपुर नागरिक संवाद



७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले नागरिक संवाद कार्यक्रम सम्पन्न गरेको छ।

अध्यक्ष काेमल डिसीको अध्यक्षता तथा प्रमुख वक्ता टिकाराम रग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।

अमृत शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमकाे सहजिकरण सचिव माधव वस्नेतले गर्नु भएको थियो।

प्रमुख वक्ता रग्मीले स्थानीय तहमा मानव अधिकारमैत्री नीति कार्यान्वयन कमजोर रहेको बताउँदै, “नागरिकले घर–घरमा न्यायको अनुभूति पाउनुपर्छ, तब मात्र विकासको चर्चा अर्थपूर्ण हुन्छ,” भन्नुभयो। नेताले अनुभुती गर्ने तर जनतालेअनुभुति गर्न नपाएको बताउनुभयो ।

साे अवसरमा प्रतिष्ठानका पूर्व केन्द्रीय सचिव निर्मल नेपालीले अवधारणापत्र प्रस्तुत गर्नुभएको थियाे ।

अवधारणापत्र प्रस्तुतकर्ता नेपालीले दाङमा बढ्दो हिंसा, सेवा पहुँचको असमानता र सामाजिक विभेद चुनौती रहेको उल्लेख गर्दै प्रभावकारी कार्यान्वयनमा सबैको जिम्मेवारी जोड दिनुभयाे।

कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरूले मानव अधिकार संरक्षणमा समाज, राज्य र सञ्चारको साझा भूमिकाबारे सुझाव एवं शुभकामना व्यक्त गरेका थिए।

प्रकाशित मिति : २०८२ मङ्सिर २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्