लक्ष्मण बस्नेत
दाङको तुलसीपुरमा जारी सर्वाधिक राशिकाे अध्यक्ष कप अन्तर वडा स्तरिय रनिङ फुटबल प्रतियाेगिता २०८१ को उपाधिका लागि वडा न ६ र ८ भिड्ने भएका छन् ।
तुलसिपुर उपमहानगरपालिका वडा न ६ काे आयाेजना तथा युथ अफ तुलसीपुर र मदन भण्डारी स्पोर्ट्स क्लबको सहकार्यमा अरनिको मैदान तुलसिपुरमा संचालित प्रतियोगिता को फाईनल खेल भोलि शुक्रबार बिहान ११ बजे देखि सुरु हुनेछ ।
आज बिहिवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा वडा न १८ लाई ३-० गोलले पराजित गर्दै वडा न ६ ले फाईनल यात्रा तय गरेको हो । उता वडा न ३ लाई ट्राईबेकरमा पराजित गर्दै वडा न ८ ले वडा न ६ संगको फाईनल भिड्न्त पक्का गरेको हो ।
कडा प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनल खेलको निर्धारित समय सम्म ३-३ गोलको बराबरी भएपछी खेलको नतिजा ट्राइबेकर बाट निकालिएको थियो ।
प्रतियोगिताको बिजेताले नगद २ लाख ६६ हजार ६ सय ६६ र चाँदीको रनिङ शिल्ड प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले १ लाख ६६ हजार ६ सय ६६ नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तै ब्यक्तिगत बिधा तर्फ सर्वोत्कृष्ट हुने खेलाडी लाई नगद ८ हजार ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट गोल्किपर,सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक,उत्कष्ट मध्यपंक्ति, उत्कृष्ट प्रशिक्षक लाई क्रमशःनगद ५ हजार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजक तुलसिपुर उपमहानगरपालिका वडा न ६ का अध्यक्ष तथा प्रतियोगिता मुल आयोजक समितिका संयोजक दुजमान भन्डारीले जानकारी दिनु भएकोछ ।
माघ १९ गते देखि संचालित प्रतियोगितामा तुलसीपुर नगरका १९ वडा मध्य १६ वडाका टिमको सहभागिता रहेको थियो ।